२ असोज, काठमाडौं । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा ६ नेपालीले ज्यान गुमाएका छन् भने १५ घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली दूतावास मलेसियाले दिएको जानकारी अनुसार अहिले सम्म मृत्यु हुनेमा भिम बहादुर घले, बसेरी धादिङ, राम कुमार यादव मसिना ६ रुपन्देही, विशाल बुढाथोकी अमरगढी डडेल्धुरा, संजय उराव पश्चिम कुशाहा ९ सुनसरी, बल बहादुर कुलुङ सिद्धी थुम्का ९ इलाम र ठेगाना नखुलेका आइत सिह गोले रहेका छन् ।
नेपाली दूतावासले उक्त जानकारी सार्वजनिक गर्दै अस्पताल तथा कम्पनीको सहयोगमा पोस्टमार्टम पछि मृतकहरुको शब नेपाल पठाइने जनाएको छ ।
दूतावासले दुःखद घटनामा परेर ज्यान गुमाएका युवाहरुको परिवार तथा आफन्तहरुप्रति समवेदना व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना तथा उपचाररत युवाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस्तो छ विवरण


वि.सं.२०७५ असोज ३ बुधवार १२:५६ मा प्रकाशित






























