back
CTIZAN AD

राष्ट्रपति मुन र नेता किमजोङबी दुई घण्टा लामो वार्तामा के-के भयो त ?

वि.सं.२०७५ असोज ३ बुधवार

576 

shares

३ असोज, सोल, दक्षिण कोरिया ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ अनबीच मङ्गलबार वार्ता भएको छ ।

दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो ।

वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौँ कोरियाली नागरिकले उहाँहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए ।

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गराउँन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकआपसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गरेका थिए ।

सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फुलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’ को गीत गाएका थिए ।

वर्कर्स पार्टीको वार्ताको शुरुवात गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भन्नुभयो, “ म हामीमाथि रहेको भारबारे पूर्णतया सम्वेदनशील रहेको छु ।” उनले थपे, “मलाई भारी जिम्मेवारीपनको वोध भएको छ ।”

मुनले भने, “सम्पूर्ण विश्वले हेरिरहेकोे छ । म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु ।”

मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए ।

आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिङ्गापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकोमा मुनको प्रशंसा गरेका थिए ।

यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ । यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु । दुई घण्टा लामो वार्तामा भएका थप कुराकानीबारे तत्काल केही बताइएको छैन ।
मुन र किमबीच अर्को चरणको वार्ता आज पुनः हुनेछ ।

वि.सं.२०७५ असोज ३ बुधवार १२:१४ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...