४ असोज, काठमाडौँ सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्।
संविधान दिवसका दिन बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री माधव नेपाल विदेश सयरमा हिँडे। उपराष्ट्रपति पुन चीन र पूर्वप्रधानमन्त्री नेपाल घाना भ्रमणमा गएका हुन्। पुन र नेपाल मात्र होइन विभिन्न राजनीतिक दलका नेताहरूको विदेश भ्रमण बाक्लिएको छ। देशको राजनीतिका प्रभावशाली एउटा नेता स्वदेश फर्किन पाएका हुँदैनन्, अर्को नेता विदेश भ्रमणमा निस्कन थालेका छन्। बुधबार त्यस्तै भयो। उपराष्ट्रपति पुन, पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री तथा नेकपा नेत्री पम्फा भुसाल विदेश प्रस्थान गरिन् । त्यहीबेला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किए । उनी चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्केका हुन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ असोज ४ बिहीवार ०७:४६ मा प्रकाशित