५ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत अर्थात १८ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत अर्थात २१ करोड ७ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ ।
महालक्ष्मीलाई अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्न र प्राप्तिका लागि सञ्चालक समितिलाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सभाले पारित गर्ने बैंकले जनाएको छ ।
वि.सं.२०७५ असोज ५ शुक्रवार ०९:५९ मा प्रकाशित