back
CTIZAN AD

कतारमा यसरी मनाईयो  विशेष संविधान दिवस (तस्बिर सहित)

वि.सं.२०७५ असोज ५ शुक्रवार

741 

shares

नेपाली राजदूतावास कतारको आयोजनामा बिशेष संविधान दिवस  कार्यकम  सम्पन्न  भएको छ ।

कतारको होटल होलिडे इन र दूतावासको सभाहलमा बुधबार बिशेष संविधान दिवस कार्यकम सम्पन्न  भएको हो ।

उक्त अवसरमा राजदूत रमेश कोइरालाले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु–भाषागत, बहु–धार्मिक, बहु–सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरूको गहिरो रहेको बताएका छन् ।

राजदूत कोइरालाले  संघीय संरचनाको तीनवटा  निकायमा लोकतान्त्रिक चुनाव २०१७ मा सम्पन्न भइसकेको र संघीय संरचना अनुसार  तीनवटै निकायमा नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेको बताएका थिए ।

कोइरालाले नेपालको संविधानले सबै नेपाली नागरिकको समानता, स्वतन्त्रता, गरिमा र मानबअधिकारको ग्यारेन्टी दिएको र देश बहुजातीय, बहुभाषिा, बहुधार्मिक, बहु सांस्कृति र भौगोलिक दृष्टिले  विविध बिशेषताको मुल्य मान्यतालाई अंगालेको बताएका थिए । उनले  यसले नेपालको सामाजिक आर्थिक र सांस्कृतिक विकासलाई अझ बढाउँदै लैजानका लागि समाजका सबै वर्गको ठूलो सहभागितामा बढावा दिएको बताएका थिए ।

उनले नेपालमा स्थानीय निकायको तीनतहको निर्वाचन भइसकेको र देश संघीयताको व्यवस्थामा चलिरहेको बताउदै नेपाल सरकार अब निरन्तर शान्ति,  प्रगति,  सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको  समृद्धि प्राप्तिमा  दृढ भएर लागि परेको बताएका थिए ।

कोइरालाले कतार र नेपालको द्धिपक्षीय सम्बन्ध सन् १९७७ देखि  भएको सम्झना गर्दै कतार राज्य सरकारका तर्फबाट  तामिम बिन हमद अल थानीको नेतृतव्मा  भएको उक्त सम्बन्धको प्रसंसा समेत गरेका थिए ।

कार्यक्रममा उपस्थित कतार सरकारका उच्च पदस्थ तथा नेपाली दाजुभाइ दिदीबहिनीलाई संविधान दिवसको शुभकामना दिदैं  बुद्धको जन्मथलो, संसारकै सर्वोच्च शिखर सगरमाथा, र अन्य प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै  नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न  आग्रह समेत गरेका थिए ।

सोहि अवसरमा कतारका  विकास, श्रम तथा मामिला मन्त्री  डा. इशा साद अलजफाली अल नुयामी,  कतारी परराष्ट्र मन्त्रालयका  सचिव  डा अहमद हसन अल हमादी,  कतारका शिष्टाचार महापाल युसुफ अदुल्लाह फाखरो, विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरु, नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा दूतावासका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ११:३९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...