back
CTIZAN AD

संशोधित विधानका सम्बन्धमा काँग्रेसले सातै प्रदेशमा राय लिने

वि.सं.२०७५ असोज ५ शुक्रवार

528 

shares

अच्युत रेग्मी,५ असोज, काठमाडौँ । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो ।

काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सङ्घीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिन लागेको हो । प्रदेश ६ र ७ को एक÷एक स्थान र अरु प्रदेशको दुई÷दुई स्थानबाट राय सङ्कलन गर्न लागिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिएका छन् ।

प्रदेश–१ को इलाम र विराटनगर, प्रदेश–२ जनकपुर र वीरगञ्ज, प्रदेश–३ काठमाडौँ र काभ्रेपलाञ्चोक, प्रदेश–४ पोखरा र बागलुङ, प्रदेश–५ दाङ र बुटवल, प्रदेश–६ सुर्खेत र प्रदेश–७ को कैलालीमा राय सङ्कलन गरिनेछ । समितिले सबै प्रदेशबाट राय सङ्कलन गर्नका लागि दुई÷दुई जना सदस्य खटाएको छ ।

प्रदेश–१ नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुङ्गाना, प्रदेश–२ डा मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश–३ दिलेन्द्रप्रसाद बडू र सीता गुरुङ, प्रदेश–४ फरमुल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश–५ रमेश लेखक र मदनबहादुर अमात्य, प्रदेश ६ र ७ मा भने मानबहादुर विश्वकर्मा र प्रदीप पौडेललाई खटाइएको छ ।

खटिएका सदस्यले यही असोज ८ देखि १३ गतेसम्म सबै प्रदेशको सुझाव सङ्कलन गरिसक्ने र सङ्कलन गरिएको राय सुझावलाई समावेश गरेर दशैँ अगाडि नै मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको समितिका संयोजक खड्काले जानकारी दिए ।

संशोधित विधानलाई दशैँ र तिहारको बीचमा केन्द्रीय समितिमा बुझाउने तयारी समेत भइरहेको छ । केन्द्रीय समितिले विधानको बारेमा छलफल गरी मङ्सिरमा हुने महासमिति बैठकमा राख्नेछ । संविधानले दिएको अधिकारअनुसार पार्टीको विधानलाई लैजानका लागि काँग्रेसले महिलाको अधिकारलाई समेत स्थानीय तहदेखि केन्द्रसम्म ३३ प्रतिशत बनाउन लागेको छ ।

काँग्रेसले गाउँ टोल समिति, वडासमिति, पालिका समिति, प्रदेश क्षेत्र समिति, सङ्घीय निर्वाचन क्षेत्र समिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ समिति रहने गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।

समितिको बैठकमा पूरै पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने विषयमा सबैको सहमति जुटेपनि कति सदस्य बनाउने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन । हाल काँग्रेसमा छ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

युवालाई पार्टीभित्र आकर्षित गर्नका लागि महाधिवेशन प्रतिनिधिमा २५ वर्षमुनिका १५ प्रतिशत युवालाई समेट्नुपर्ने विषयमा समेत समितिमा छलफल भइरहेको छ । सदस्यता वितरणका सवालमा पनि बैठकमा फरक÷फरक धारणा आएका छन् ।

केही सदस्यले साधारण, क्रियाशील, विशेष हुँदै सम्मानित सदस्य बनाउनुपर्ने कुरा उठाइरहँदा केही सदस्यले भने निर्वाचनको मुखमा बाहेक अरु जुनसुकै बेला पनि सदस्यता लिन सकिने गरी विधान संशोधन गर्नुपर्ने बताएका छन् ।
–––

वि.सं.२०७५ असोज ५ शुक्रवार १३:३४ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...