back
CTIZAN AD

बूढेसकालमा पुस्तकालय धाउँदैछन् काभ्रेका आमाहरु

वि.सं.२०७५ असोज ५ शुक्रवार

1.3K 

shares

 

फाइल:फोटो

राजकुमार पराजुली ५ असोज, काभे्रपलाञ्चोक । पोखरीचौरी गाउँपालिका–५ की ५५ वर्षीया चन्द्रा गौतम गाउँको पुस्तकालय धाउन थालेको चार वर्षभयो । बढीजसो धार्मिक किताक पढ्न रुचाउने गौतम अहिले रामायण किताब घरमै लगेर पढ्छीन् ।

घरमा काम नभएको र भएको बेला सकेरै पुस्तकालय धाउने उनको दैनिकी हो । उनी भन्छन् “अक्षर चिन्न थालेदेखि नै गाउँको पुस्तकालय गएर केहीबेर यहाँका किताब पढ्छु, नयाँ र धेरै कुरा सिकिन्छ भनेर घरको काम सकेर जाने गरेको छु ।”

चन्द्रा मात्र होइन, उनको सङ्गतकी ४७ वर्षीया शारदा चौलागाईंको पनि फुर्सद्को समय पुस्तकालय आएर किताब पढ्ने दिनचर्या नै भइसक्यो । ‘‘फुर्सदको बेला पुस्तकालय आउँछु, नभए साँझ बिहान पढ्न घरमै किताब लैजान्छु’’ चौलागाईंले उत्साहित हुँदै भनिन् । “घरको काम सकेर साँझपख र काम नभए दिउँसै पुस्तकालय आउने बानी परिसक्या छ ।”

पोखरीचौरी गाउँपालिका–५ सुलिकोटमा समुदायद्वारा स्थापित पुस्तकालयमा बसेर गौतम र चौलागाईंबाहेक छिमेकी गाउँका ४० वर्ष उमेर नाघेका अनुता घिमिरे, तारा ढकाल, सविना गौतम अहिले दैनिक किताब पढ्नेमा पर्छन् । उनीहरु पुस्तकालयमा भएको किताब छानीछानी पढ्न पाएकामा खुशी पनि देखिन्छन् । ‘‘सबैखाले किताब छन्, मन लागेको किताब यहीँ पढ्छु नभए घर लैजान्छु’’ घिमिरेले भनिन् ।

यहाँका गृहीणीको पुस्तकालय मोह देखेर अक्षर सग्ला चिनेका अन्य महिला पनि आउन थालेको पुस्तकालयकी सहयोगी सावित्री चौलागाईं बताउछीन् । उनी भन्छिन्, “पहिल्यै पढ्न सक्ने केही महिला र गाउँमा प्रौढ कक्षा पढेका आमाहरु पनि पुस्तकालयमा आउनु हुन्छ,, कुन किताब पढ्ने भन्ने उमेरमा पनि भरपर्दो रहेछ ।” उनका अनुसार पुस्तकालयमा महिलाको तुलनामा पुरुष धेरै कम आउँछन् ।

स्थानीय सहयोगी सामुदायिक अध्ययन केन्द्रले चार वर्षअघि पुस्तकालय व्यवस्थापन गरेको हो । यो पुस्तकालय जिल्लाको कोशीपूर्व अर्थात् दुईवटा गाउँपालिका एक मात्र सामुदायिक पुस्तकालय पनि हो । पुस्तकालयमा साहित्य, मानवअधिकार, राजनीतिक, धार्मिक–ग्रन्थ र कृषिका गरी करीब दुई हजार ५०० वटा पुस्तक छन् । पुस्तकालयमा जिल्लाका केही पत्रिका पनि उपलब्ध हुन थालेका छन् ।

केन्द्रका अध्यक्ष यादव चौलागाईं पढ्न जाने अघिकांश गृहिणी पुस्ताकालयप्रति आकर्षित देखिएको बताउछन्। उनले भने, “घरमा लैजान चाहानेलाई एक हप्ताको म्याद दिएर पठाउने गरिन्छ ।” उनले छिट्टै कम्प्युटर र किताब थपेर पुस्तकालयलाई अझ व्यवस्थित बनाउने बताए ।

गाउँका महिला पुस्तकालय जान थालेपछि गाउँको शैक्षिक विकासमा टेवा पुग्ने पुराना शिक्षक विष्णु चौलागाईं बताउछन् । उनी भन्छन् “हामीले महिलालाई लक्षित गरेरै पुस्तकालय व्यवस्थित ग¥यौँ, आफ्नै गाउँ र छिमेकी गाउँका सबै गृहिणीलाई पुस्तकालयसम्म ल्याउने प्रयासमा जुटिरहेका छौँ ।”

 

वि.सं.२०७५ असोज ५ शुक्रवार १६:२७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...