back

नवनिर्वाचित सभापतिद्धारा शपथ ग्रहण

वि.सं.२०७५ असोज ५ शुक्रवार

309 

shares
GLOBAL IME AD
NTC AD

 

५ असोज, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन् ।

शपथ लिनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल रहेका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिका शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापतिमा भरतकुमार शाहले पनि शपथ लिएका छन् ।

ज्येष्ठ सदस्यका रुपमा समितिको बैठकको अध्यक्षता गर्दै आएका सांसदलाई उनीहरुले पु¥याएको योगदानको कदर गर्दै सोही समारोहमा सभामुख महराले सम्मान गरेका थिए ।

सो अवसरमा सभामुख महराले १० विषयगत समितिमध्ये ६ वटामा महिलाले नेतृत्व गर्नु आफैँमा गौरवको विषय भएको बताए । समितिका हुने सबै खालका छलफल सङ्घीय संसद्को सम्पत्ति भएको जनाउँदै समितिको सभापतिमा सर्वसम्मत गराउन योगदान दिने राजनीतिक दल र नेतृत्वप्रति धन्यवाद व्यक्त गरेका छन् ।

समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । निर्वाचित सबै सभापतिले आजै पद बहाली गरेका छन् ।

वि.सं.२०७५ असोज ५ शुक्रवार १६:१३ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...