back
CTIZAN AD

नेपाल च्याम्पियनसिप छनोट चरणबाटै बाहिरियो

वि.सं.२०७५ असोज ५ शुक्रवार

561 

shares

 

५ असोज, काठमाडौँ  । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ ।

समूह चरणको दोस्रो खेलअन्तर्गत आज म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो । खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यानमारले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो । ७४ औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन् ।

म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एक÷एक गोल गरे ।

समूह ‘इ’बाट फिलिपिन्स र म्यानमारले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।

आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि यसअघि नै छनोट भइसकेका छन् ।

समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार २०:१७ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...