back

फिस्टुला अस्पताल सञ्चालन

वि.सं.२०७५ असोज ५ शुक्रवार

330 

shares
GLOBAL IME AD
NTC AD

५ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १७ श्ययाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रु पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्र आजदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आज सो अस्पतालको उद्घाटन गरे ।

फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आइएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नं ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलालाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इञ्चार्ज कृपा चौधरीले जानकारी दिए। अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौँमा मात्रै थियो ।

चौधरीका अनुसार सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको शल्यक्रिया गर्ने गरिएको थियो । यो अवधिमा २५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।

क्षेत्रीय अस्पतालका सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका बिरामी उपचारका लागि धरान र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताए । बिरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क नभएको खड्काले बताए ।

वि.सं.२०७५ असोज ५ शुक्रवार २०:१९ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...