back
CTIZAN AD

फिस्टुला अस्पताल सञ्चालन

वि.सं.२०७५ असोज ५ शुक्रवार

624 

shares

५ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १७ श्ययाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रु पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्र आजदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आज सो अस्पतालको उद्घाटन गरे ।

फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आइएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नं ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलालाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इञ्चार्ज कृपा चौधरीले जानकारी दिए। अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौँमा मात्रै थियो ।

चौधरीका अनुसार सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको शल्यक्रिया गर्ने गरिएको थियो । यो अवधिमा २५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।

क्षेत्रीय अस्पतालका सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका बिरामी उपचारका लागि धरान र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताए । बिरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क नभएको खड्काले बताए ।

वि.सं.२०७५ असोज ५ शुक्रवार २०:१९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...