back

सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति, पेट्रोलियम पदार्थ सहज हुने

वि.सं.२०७५ असोज ५ शुक्रवार

513 

shares

५ असोज, काठमाडौँ । मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ ।

सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने सहमति भएको छ ।

त्यसैगरी ट्राफिक सङ्केत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दूरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा पक्राउ परेको सवारी चालकलाई आजै रिहा गर्ने सहमति भएको छ । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारवाही हुने लगायतका व्यवस्था मुलुकी संहितामा भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु तीन दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।

वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र कानून मन्त्रालयका सचिव राजीव गौतमलगायत सहभागी थिए ।

वि.सं.२०७५ असोज ५ शुक्रवार २०:२७ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...