६ असोज, काठमाडौं । ६ सय बर्ग किलोमिटर भन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ । दार्चुलादेखि ताप्लेजुङ सम्म सीमा जोडिएको ७१ स्थानमा भारत अतिक्रमण गरी नेपाली भूभाग कब्जा गरेको हो । नेपालका २७ जिल्लाका सिमाना भारतसँग जोडिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानका ६ सय वर्गकिलोमिटर भूभाग भारतले अतिक्रमण गरेको बताए । खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दावी छ । उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ ।
भारतले सन् १८५६ देखि लिम्पुयाधुरा कब्जा गरेको हो । लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएका छैनन् ।
वि.सं.२०७५ असोज ६ शनिवार ०८:०२ मा प्रकाशित