back
CTIZAN AD

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ

वि.सं.२०७५ असोज ७ आइतवार

741 

shares

७ असोज, बर्दिवास । महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थिनत हुलाकी सडक कार्यालयले जनाएको हो ।

नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको संझौतामा १८ दशमल ५६ किमी लम्बाइको यो सडक निर्माण थालिएको तीन वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्नेमा दुई वर्ष नाघिसक्दासम्म ४५ प्रतिशत मात्र काम भएकाले निर्धारित समयमा काम सकिने सम्भावना नरहेको उक्त कार्यालयका प्रमुख सन्तोष कर्णले बताए ।

“सडक निर्माणका लागि आवश्यक पर्ने बालुवा र ढुङ्गाको अभाव हुने गरेको छ”, उनले भने, “आवश्यक सामग्री नै पर्याप्त नपाइएपछि निर्माण कम्पनीलाई निर्धारित समयमा काम सक्न सकस परेको छ । अब अहिलेसम्मको कामको गति हेर्दा बाँकी अवधि एक बर्षभित्र सम्पन्न गर्न सकिने अवस्था देखिँदैन, बाँकी ५५ प्रतिशत काम गर्न थप छ महीना लाग्ने देखिन्छ । ”

चार लेनको उक्त सडक निर्माणमा प्रतिभा वाई।पी।जे।भी र आशिष पप्पु रोशन जेभी संलग्न छन । गत जेठदेखि नै जिल्लाका स्थानीय तहहरुले नदीबाट बालुवा र ढुङ्गासहित नदीजन्य वस्तु उत्खनन तथा ओसार पसारमा बन्देज लगाएकाले यसको असर सडक निर्माणमा परेको निर्माण कम्पनी बताउँछन् । सडक निर्माण कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयले बालुवा, ढुङ्गा आपूर्तिमा सहजता ल्याउन परिपत्र गरे पनि स्थानीय तहसँग समन्वय हुन नसक्दा अहिले काम ठप्पजस्तै बनेको छ ।

जम्मा १८.५६ किमी लम्बाइको यो सडक निर्माणका लागि जनकपुरको दूधमतीदेखि महोत्तरीको कुटमेश्वरी नदीसम्म करिव नौ किलोमिटर रू ४३ करोड ५४ लाख ७२ हजार ८७४ को लागतमा प्रतिभा वाई.पी.जे.भीले र कुटमेश्वरीदेखि भिठ्ठामोडसम्म आशिष पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख २० हजार ७०७ लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । सम्झौताअनुसार कामले गति लिन नसक्दा निर्माणाधीन सडक क्षेत्रमा पानी पर्दा हिलो घाम लाग्दा धुलोले सडक क्षेत्र नजिकका बासिन्दा आजित भएका छन ।

सो सडक छेउकै महोत्तरीको सहोडवा बस्तीका राजनीतिक कार्यकर्ता कालीचन्द्र साहले भने, “खै यो सडक निर्माणको काम सकिएर हिलो र धुलोबाट बन्चित होइएला भन्ने लाग्न नै छाडिसक्यो ।” भारतको सीतामढी जिल्लालाई जोड्ने यो सडक प्रदेश नं २ कै भारतसँगको आवतजावत गर्ने मुख्य सडकमध्येको मानिन्छ । आजभन्दा ४४ वर्ष पहिले दुई लेन कालोपत्र बनेको सडक निर्माण भएयता आवश्यक रेखदेख र मर्मत नहुँदा पछिल्लो एक दशकयता दयनीय अवस्थामा पुगेको यहाँका बासिन्दा बताउँछन ।

वि.सं.२०७५ असोज ७ आइतवार १५:१९ मा प्रकाशित

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित...