back
CTIZAN AD

प्लास्टिक घरभित्र तरकारी खेती

वि.सं.२०७५ असोज ७ आइतवार

807 

shares

७ असोज, बलेवा । कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ ।

कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो । जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन ।

युवालाई कुलतमा फस्न नदिई सुधारको काममा सक्रिय गराउन पुनःस्थापना केन्द्रमा दुई प्लाष्टिक घर निर्माण गरिएको छ । यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडा उत्पादन दोब्बर गर्न सकिने भएकाले प्रविधि भित्र्याइएको भारीले बताए ।

निश्चित ठाउँमा प्लास्टिक, फाइवर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिर ढाकेर प्लाष्टिक घरभित्र तरकारी खेती गर्दा बढी उत्पादन गर्न सकिन्छ । प्लाष्टिक घर राख्ने ठाउँमा माटो र मलको मिश्रण गरिन्छ । प्लाष्टिक घरतर्फ किसानलाई आकर्षित गर्न योजना बनाइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

वि.सं.२०७५ असोज ७ आइतवार १५:५३ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...