back
CTIZAN AD

सबै दल समृद्धितर्फ लाग्नुपर्छ – नेता बस्नेत

वि.सं.२०७५ असोज ९ मंगलवार

717 

shares

९ असोज, सिन्धुपलाञ्चोक । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएको छ ।

‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताए ।

सिन्धुपलाञ्चोकले पछिल्लो समयमा पहिरो र भूकम्पजस्ता ठूला विपद्को सामना गर्नुपरेको बताउँदै नेता बस्नेतले ठूला विपद्का बेला सरकारसँगै अन्य सहयोगी हातको पनि आवश्यकता पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा सिडिआरटीका अध्यक्ष काड्यन गार्रेट स्किुमनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्यचौकी स्थापनामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै स्वास्थ्यचौकीको प्रभावकारी सञ्चालन र स्तारोन्नतिका लागि सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

सप्तरीको तिलाठी नगरपालिकाका नगर प्रमुख सतिश सिंहले विपद्का बेला आवश्यक पर्ने सहयोगका बारेमा प्रकाश पार्दै भूकम्पका बेलामा सिडिआरटीले गरेको सहयोगको प्रशंसा गरे । लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाका गर्भनर राजेन थापाले विदेशमा बस्ने नेपालीले मुलुकप्रति चिन्ता र चासो व्यक्त गर्दै उक्त सहयोग गरेको बताए ।

सिडिआरटीको रु ३० लाखभन्दा बढीको सहयोगमा निर्मित स्वास्थ्य केन्द्रको सञ्चालनका लागि भने उक्त संस्था र लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाले सहयोग गर्ने सम्झौता भएको छ । हाल एक हेल्थ असिस्टेन्ट र एक सहयोगी रहेको स्वास्थ्य केन्द्रले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार र औषधिको समेत व्यवस्था गर्नेछ ।

गोरखा भूकम्पका बेला स्वास्थ्यका क्षेत्रमा सहयोग गरेको सिडिआरटीले सो क्षेत्रका दुई हजार २०० घरधुरीका लागि स्वास्थ्यचौकी नजिक पायक पर्ने नदेखेपछि उक्त स्वास्थ्यचौकी स्थापना गरेको जनाएको छ । सिडिआरटीले नेपालमा आफ्ना क्रियाकलाप ‘स्वयंसेवी क्रोफ्स नेपाल’ मार्फत गर्दै आएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ११:४३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...