back

सबै दल समृद्धितर्फ लाग्नुपर्छ – नेता बस्नेत

वि.सं.२०७५ असोज ९ मंगलवार

279 

shares
GLOBAL IME AD
NTC AD

९ असोज, सिन्धुपलाञ्चोक । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएको छ ।

‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताए ।

सिन्धुपलाञ्चोकले पछिल्लो समयमा पहिरो र भूकम्पजस्ता ठूला विपद्को सामना गर्नुपरेको बताउँदै नेता बस्नेतले ठूला विपद्का बेला सरकारसँगै अन्य सहयोगी हातको पनि आवश्यकता पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा सिडिआरटीका अध्यक्ष काड्यन गार्रेट स्किुमनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्यचौकी स्थापनामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै स्वास्थ्यचौकीको प्रभावकारी सञ्चालन र स्तारोन्नतिका लागि सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

सप्तरीको तिलाठी नगरपालिकाका नगर प्रमुख सतिश सिंहले विपद्का बेला आवश्यक पर्ने सहयोगका बारेमा प्रकाश पार्दै भूकम्पका बेलामा सिडिआरटीले गरेको सहयोगको प्रशंसा गरे । लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाका गर्भनर राजेन थापाले विदेशमा बस्ने नेपालीले मुलुकप्रति चिन्ता र चासो व्यक्त गर्दै उक्त सहयोग गरेको बताए ।

सिडिआरटीको रु ३० लाखभन्दा बढीको सहयोगमा निर्मित स्वास्थ्य केन्द्रको सञ्चालनका लागि भने उक्त संस्था र लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाले सहयोग गर्ने सम्झौता भएको छ । हाल एक हेल्थ असिस्टेन्ट र एक सहयोगी रहेको स्वास्थ्य केन्द्रले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार र औषधिको समेत व्यवस्था गर्नेछ ।

गोरखा भूकम्पका बेला स्वास्थ्यका क्षेत्रमा सहयोग गरेको सिडिआरटीले सो क्षेत्रका दुई हजार २०० घरधुरीका लागि स्वास्थ्यचौकी नजिक पायक पर्ने नदेखेपछि उक्त स्वास्थ्यचौकी स्थापना गरेको जनाएको छ । सिडिआरटीले नेपालमा आफ्ना क्रियाकलाप ‘स्वयंसेवी क्रोफ्स नेपाल’ मार्फत गर्दै आएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ११:४३ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...