back
CTIZAN AD

विकासशील देशका बीमा कम्पनी र नियामक निकायहरुको संगठनको अध्यक्षमा शाह निर्वाचित

वि.सं.२०७५ असोज १० बुधवार

603 

shares

 

१० असोज, काठमाडौं । विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसी (एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज)को अध्यक्षमा नेपल ईन्स्युरेन्स कम्पनीका सिईओ विजयबहादुर शाह निर्वाचित भएका छन् ।

एआईआरडिसीको काठमाडौंमा जारी २१औं सम्मेलनले शाहलाई अध्यक्षमा निर्वाचित गरेको हो।

उपाध्यक्षमा घानाकी एलिजावेथकी वान्स डग्वे निर्वाचित भएकी छन्। यसअघि शाह उपाध्यक्ष थिए । उपाध्यक्ष नै अध्यक्षमा निर्वाचित हुने व्यवस्था रहेको छ।

नेपालमा आयोजना भएको २१ औ साधारणसभाले घानामा २२औ सम्मेलन गर्ने घोषणा पनि गरेको छ । दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ ।

उक्त सम्मेलनमा मानव निर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ ।

वि.सं.२०७५ असोज १० बुधवार ०८:१९ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...