back
CTIZAN AD

कर्मचारी नियुक्तिमा असहमति जनाउँदै क्याम्पसमा तोडफोड

वि.सं.२०७५ असोज ११ बिहीवार

687 

shares

११ असोज,बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस र बुटवलमा क्याम्पस प्रमुखको कार्यकक्ष बुधबार तोडफोड भएको छ ।

क्याम्पस प्रमुखको टेबुल, कुर्सी, टेलिफोन र सवारी साधनसमेत तोडफोड भएको लुम्बिनी वाणिज्य क्याम्पसले जनाएको छ । क्याम्पसमा सञ्चालक समितिले आठ प्राध्यापक र तीन जना कर्मचारी छनोट गरेको विषयमा अहसमति जनाउँदै नेपाल विद्यार्थी सङ्घले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले त्रिभुवन विश्वविद्यालयको ऐन, नियम र परिधिमा रहेर सञ्चालक समितिको निर्णयअनुसार उम्मेदवार छनोट भएको जानकारी दिँदै सञ्चालक समितिले कानूनी प्रक्रिया अवलम्बन गर्ने बताए । उनले कुनै छलफलबिना नियोजित रुपमा निराधार आरोप लगाएर तोडफोड भएको उल्लेख गरेका छन् । तोडफोडमा नेवि सङ्घका टङ्क पाण्डे, सुरज क्षेत्री, अशोक गौतम, तिलक रानालगायत संलग्न रहेको क्याम्पसले जनाएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०८:४६ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...