११ भदौ, चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले विदेश बस्ने युवाले देशका लागि गरेको सेवा देशको समृद्धिको लागि महत्वपूर्ण हुने बताएका छन् ।
भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले बुधबार रत्ननगरमा आयोजना गरेको ह्विल चियर वितरण कार्यक्रममा कार्यक्रममा महामन्त्री डा कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताएका छन् ।
डा कोइरालाल समुदायमा भिन्न परिचय भएका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने समेत बताएका थिए ।
नेपाली जनसम्पर्क समीति अस्टे«लिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० भिन्न परिचय भएकालाई ह्विल चियर वितरण गरिएका थियो ।
वि.सं.२०७५ असोज ११ बिहीवार ०८:५२ मा प्रकाशित




























