
११ असोज, काठमाडौँ । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन काटिने रुख र त्यसको वातावरणीय प्रभावको विषयमा अहिले गम्भीर बहस भईरहेको छ । वातावरण विनाश हुन्छ भन्ने विषयमा सरकार सहमत भएमा भएमा विमानस्थलको काम रोकिन सक्छ । तर, योजना नरोकिएमा काटिने रुखको बिक्रीबाट हुने आम्दानी विमानस्थल बनाउन पर्याप्त हुनेछ ।
विमानस्थलको सम्पुर्ण संरचना करिब ८ अजार ४५ हेक्टर क्षेत्रफलको भए मुख्य संरचना २५ सय ५६ हेक्टरमा सिमित हुनेछ । बाँकी जग्गा अहिले हरित क्षेत्र नै राख्ने भनिएको छ । तर, भविष्यमा एयरपोर्ट सिटी का रुपमा विकास गरेर होटल लगायतका सम्पुर्ण पुर्वाधार बनाउने सरकारको योजना रहेको छ । सम्पुर्ण संरचना बनाउन करिब ७ खर्ब ७१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आठ हजार हेक्टर न खाली गर्नुपरेमा पाँच लाख ८५ हजार चार सय ९९ रुख काटिनेछन् । त्यस्तै १८ लाख ६४ हजार आठ सय २० पोल आकारका वनस्पतिसहित कुल २४ लाख पचास हजार ५० हजार ३ सय १९ ख काटिनेछन् । यो मात्रामा काठ दाउराको बजार मुल्य ५ खर्ब ९६ र्अ हुने अनुमान वातावरणीय प्रभाव मुल्यांकन ईआईएको प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
वि.सं.२०७५ असोज ११ बिहीवार ०८:२५ मा प्रकाशित