back
CTIZAN AD

गजल ९१

वि.सं.२०७५ असोज ११ बिहीवार

654 

shares

कोही आगो जस्तै कोही पानी जस्तै हुन्छन् ।
जल्नुसम्म जलि कोही खरानी जस्तै हुन्छन् ।

कसैको त स्वभाव नै जिरे खुर्सानीको ।
कोही कोही त आँखाको नानी जस्तै हुन्छन् ।

आफू भलो त जगतै भलो भन्ने भीड्मा ।
अभावमै परेका नै दानी जस्तै हुन्छन् ।

ईष्र्याले खुशीको निम्तो नि बिर्साउने कोही ।
दुःख पर्दा सँगसँगै जानी जस्तै हुन्छन् ।

विनयीहरू कुअभिनय गर्दा यहाँ ।
विनष्टहरू नि कोही ज्ञानी जस्तै हुन्छन् ।

मानवता शून्य भएको भूगोलमा पनि
कोही त एकादेशको कहानी जस्तै हुन्छन् ।

वि.सं.२०७५ असोज ११ बिहीवार १३:३८ मा प्रकाशित

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...

गजल

गजल

बिके मुखिया, वाङदे,दार्जिलिङ, भारत स्वाङ पार्दै हिँडेका छन् आज काले...

गजल

गजल

मुक्ति घिमिरे कश्यप,सिक्किम होला र विद्याको सार सानो त्यागे असल...

गजल

गजल

सुनिता बराल,काठमाडौँ भन्छन् समाजसेवी सेवा विचित्रका छन् ठग्छन् ती दिनदहाडै...