
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको तेह्रौ साधारणसभा सम्पन्न भएको छ । असोज १० गते बालाजुस्थित गुराँस क्याफेमा सम्पन्न सो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
सभाले पुरानै कार्यसमितिलाई नियमित गरेको छ । जसअनुसार
अध्यक्ष -प्रा. ईन्जिनियर सरोजकुमार देवकोटा
उपाध्यक्ष – प्राज्ञ विष्णु प्रभात
महासचिव – ईन्जिनियर ईश्वर चन्द्र वानियाँ
सचिव – गीता रेग्मी
कोषाध्यक्ष – कमल अर्याल
सदस्य – प्रभा कैनी
सदस्य – प्रभा बराल
सदस्य – दीपक बाबू अर्याल
सदस्य – मदन राज थापा
सदस्य – ईश्वरी सुवेदी
सदस्य – सुवत शर्मा
सदस्य – अनिल अर्याल
सदस्य – विजय आचार्य

अध्यक्ष सरोज कुमार देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा योजना आयोगका पुर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटा, एनआरएनए फ्रान्सका पुर्वअध्यक्ष हरिहर अर्याल, प्रज्ञ विष्णु प्रभात , साहित्यकार तुलसी न्यौपानेले आफ्ना भनाईहरु राखेका थिए ।
सभाले केन्द्रका पुर्व सचिव गीता रेग्मीले र कोषाध्यक्ष कमल अर्यालले पेश गरेको प्रतिवदनहरु सर्वसम्मत रुपमा पास गरेको थियो । कार्यक्रमको सञ्चालन दीपक बाबु अर्यालले थिए ।
वि.सं.२०७५ असोज १२ शुक्रवार १०:५४ मा प्रकाशित






























