back
CTIZAN AD

नेपाली विद्यार्थीले नेपाललाई बुझ्न सक्नुपर्छ – पूर्व उपकुलपति माथेमा

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.1K 

shares

४ कात्तिक,पोखरा  । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदारभक्त माथेमाले नेपाली विद्यार्थीले सर्वप्रथम नेपाललाई बुझ्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।

¥यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आज यहाँ आयोजित ‘जोन हल्टको असफल स्कुल’ पुस्तकबारे परिचर्चा एवम् अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्यार्थीमा सर्वप्रथम देशको पहिचान हुनु अपरिहार्य भएको बताउनुभयो ।

शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्बद्ध सबै पक्ष र निकायको सहकार्य एवम् सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उहाँले सो पुस्तकमा व्यक्तिको पहिचान उसका गुण, रुचि एवम् विश्वासका आधारलगायतका धेरै विषय मननयोग्य भएको धारणा राख्नुभयो ।

विद्यार्थीको समग्र रुचि तथा उसको क्षमताका आधारमा मात्र अध्ययनका लागि विषय छनोट गर्नुपर्नेमा नेपालमा पछिल्ला समयमा अभिभावकले जसरी पनि चिकित्सक बनाउन खोज्नेजस्ता प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले नेपालको समग्र शिक्षा पद्धतिलाई सुधार गर्न एक अर्कामा आरोप प्रत्यारोपणबाट सम्भव नहुने भएकाले सबैको साझा र एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, उपाध्यक्ष केशवशरण लामिछानेलगायतले नेपालको समग्र शिक्षा प्रणालीलाई समयानुकूल गुणस्तरीय बनाउनेलगायतका विषयमा गम्भीर बहस एवम् छलफल आवश्यक रहेकामा जोड दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १२:३९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...