Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली विद्यार्थीले नेपाललाई बुझ्न सक्नुपर्छ – पूर्व उपकुलपति माथेमा



४ कात्तिक,पोखरा  । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदारभक्त माथेमाले नेपाली विद्यार्थीले सर्वप्रथम नेपाललाई बुझ्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।

¥यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आज यहाँ आयोजित ‘जोन हल्टको असफल स्कुल’ पुस्तकबारे परिचर्चा एवम् अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्यार्थीमा सर्वप्रथम देशको पहिचान हुनु अपरिहार्य भएको बताउनुभयो ।

शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्बद्ध सबै पक्ष र निकायको सहकार्य एवम् सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उहाँले सो पुस्तकमा व्यक्तिको पहिचान उसका गुण, रुचि एवम् विश्वासका आधारलगायतका धेरै विषय मननयोग्य भएको धारणा राख्नुभयो ।

विद्यार्थीको समग्र रुचि तथा उसको क्षमताका आधारमा मात्र अध्ययनका लागि विषय छनोट गर्नुपर्नेमा नेपालमा पछिल्ला समयमा अभिभावकले जसरी पनि चिकित्सक बनाउन खोज्नेजस्ता प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले नेपालको समग्र शिक्षा पद्धतिलाई सुधार गर्न एक अर्कामा आरोप प्रत्यारोपणबाट सम्भव नहुने भएकाले सबैको साझा र एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, उपाध्यक्ष केशवशरण लामिछानेलगायतले नेपालको समग्र शिक्षा प्रणालीलाई समयानुकूल गुणस्तरीय बनाउनेलगायतका विषयमा गम्भीर बहस एवम् छलफल आवश्यक रहेकामा जोड दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले