१६ असोज, काठमाडौं । लगानीयोग्य पुँजी (तरलता) सहज भएपनि बैंकहरुले दैनिक औसत डेढ अर्ब रुपियाँ कर्जा लगानी गर्न थालेका छन् ।
सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दुई महिनामा ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । दैनिक हिसाबमा यो डेढ अर्ब लगानी रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
गत आर्थिक वर्षको अन्त्यमा बैंकिङ प्रणालीमा सरकारले खर्च गरेको रकम आएपछि बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी गर्न थालेका हुन् ।
कर्जाको तुलनामा निक्षेप संकलन भने यो अवधिमा ज्यादै कम मात्र भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा ५२ करोड रुपेयाँ मात्र निक्षेप संकलन गरेका छन् ।
निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी करिब दुईसय प्रतिशत बढी देखिन्छ ।
वि.सं.२०७५ असोज १६ मंगलवार ०७:५० मा प्रकाशित






























