back

यात्रुलाई सास्ति नहोस् भनेर प्रदेशका सबै जिल्लामा सहायता कक्ष

वि.सं.२०७५ असोज १६ मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, भीमदत्तनगर । प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार यहाँको कैलाली र कञ्चनपुर तथा सातवटै पहाडी जिल्लाका विभिन्न स्थानमा गरी १२ सहायता कक्ष सञ्चालन गरिएको छ । सहज र सुरक्षित यात्राका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी केही दिनयता नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख टेकबहादुर जोराले जानकारी दिए ।

उनका अनुसार हाल कञ्चनपुरको भीमदत्तनगरपालिका–४ बसपार्क, कैलालीको धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बासपार्क, डडेल्धुराको बागबजार बसपार्कका साथै स्याउलेमा समेत नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । बैतडी सदरमुकामस्थित बसपार्क, डोटीको पिपल्ला बसपार्क, अछामको मङ्गलसेन, बझाङको सिमखेत बसपार्क, बाजुराको मार्तडी तथा दार्चुलाको खलङ्गा बसपार्कमा सहायता कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षमा यात्रुको पीरमर्का सम्बोधन गरिनुका साथै ट्राफिक व्यवस्थापन, चालकको अवस्था, मापसे जाँचलगायतका काम गरिने प्रहरी निरीक्षक जोराले बताए । “सबै सहायता कक्षमा ट्राफिक प्रहरी सक्रिय भइसकेको छ”, उनले भने, “यात्रुको सहजताका लागि सबैतिर सहायता कक्ष स्थापना गरिएको हो ।”

वि.सं.२०७५ असोज १६ मंगलवार ०९:२४ मा प्रकाशित

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...