back
CTIZAN AD

ओझेलमा पारिएका कम्युनिष्ट नेता बलरामलाई स्थापित गर्न जुटे बामनेताहरु

वि.सं.२०७५ असोज १६ मंगलवार

663 

shares

१६ असोज, काठमाडौं । नेपाली वाम लोकतान्त्रिक व्यत्तित्व बलराम उपाध्यायको राजनीतिक, वैचारिक नेतृत्वमा भएका कामहरु, उनका लेख, रचना, प्रकाशित गर्ने र उनको स्मृतीमा विविध कामहरु गर्ने उदेश्यका साथ उनकै गृहनगरी पोखरामा देशका वाम लोकतान्त्रिक बुद्धिजिबीहरुको बैठक सम्पन्न भएको छ ।

असोज १३ गते बलराम स्मृती ग्रन्थ प्रकाशन समितिद्धारा आयोजित विस्तारीत बैठकले स्वर्गीय उपाध्यायको स्मृतीमा “बलराम स्मृती प्रतिष्ठान” गठन गनेर्, उनका कृतिहरु प्रकाशित गर्ने, स्मृती ग्रन्थ निकाल्ने, जीवनी र संसदमा बलराम उपाध्याय नामका पुस्तकहरु प्रकाशन गर्ने निर्णय भएको छ ।

त्यस्तै प्रतिष्ठानले पोखराको उपयुक्त स्थानमा उनको सालिक निर्माण गर्ने समेत निर्णय गर्दै सोहि बैठकले बलराम स्मृती प्रतिष्ठानको कार्यसमिति समेत गठन गरेको छ ।

जसको अध्यक्षमा सोमनाथ अधिकारी प्यासी कास्की, उपाध्यक्षहरुमा खगराज अधिकारी कास्की, दिननाथ शर्मा बाग्लुङ, टेकनाथ बराल कास्की, मानबहादुर के.सी स्याङजा, गोपीरमण उपाध्याय रुपन्देही, सचिवमा भिम कार्की कास्की, सह–सचिवमा दधिराज सुवेदी तनहुँ, कोषाध्यक्षमा मानबहादुरजि.सी कास्की र सहकोषाध्यक्षमा मञ्जुदेवी गुरुङ कास्की रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा केशव खड्का काठमाडौँ, मुकुन्द आचार्य झापा, हरिहर खरेल ताप्लेजुङ, रामराज रेग्मी कास्की, शालिकराम पौडेल कास्की, जगन्नाथ तिमिल्सिना कास्की, कृष्णलाल शर्मा कास्की, केशवलाल श्रेष्ठ चितवन, भुपाल श्रेष्ठ रुपन्देही, एकलाल श्रेष्ठ सिन्धुली, लेखनाथ शर्मा कास्की, महेन्द्र कातिला कास्की, विश्ववन्धु भण्डारी तनहुँ, कृष्ण थापा कास्की, सावित्रि भट्टराई ओखलढुंगा, प्रभा कोइराला कास्की, सावित्रा राना बाग्लुङ, भुषण मानन्धर सुर्खेत, गोपाल ठाकुर बारा, विश्वप्रकाश लामिछाने कास्की, झलकपाणी तिवारी कास्की, सीता गिरी ओली कास्की, बखानसिह गुरुङ कास्की, राजकाजी गुरुङ कास्की, तुलबहादुर गुरुङ कास्की (प्रतिनिधि पुष्पलाल स्मृती प्रतिष्ठान), कमल अर्याल कास्की र गायत्री दुरा कास्की रहेका छन् ।

समितिले पृथ्वीसुब्वा गुरुङ, किरण गुरुङ, लोककृष्ण भट्टराई, रामबहादुर भण्डारी
रविन्द्र अधिकारी, विध्या उपाध्याय, जगत विश्वकमार्, मायानाथ अधिकारी, मदन पौडेल, नन्दलाल तिमिल्सिना, शान्ता मानवी, रामचन्द्र अधिकारी, यादव उपाध्याय, मित्रलाल चौधरी, भदेश्वर शाह, पवित्रमणि आचार्य, कृष्णप्रसाद भट्टराई, कोमलनाथ बराल, गजकुमारी गुरङ, रविलाल अधिकारी, रधुनाथ अधिकारी, गेहेन्द्रश्वर कोइराला, देवेन्द्र पौडेल, चित्रबहादुर के.सी र सोनाम लामा( शशि शेरचन ) लाई सल्हाहकारमा चयन गरेको छ ।

त्यस्तै सोहि बैठकले बलराम स्मृति ग्रन्थ प्रकाशनका लागि संयोजक गोपीरमण उपाध्याय र सदस्यहरु खगराज अधिकारी, सोमनाथ अधिकारी प्यासी, शालिकराम पौडेल, रामराज रेग्मी, दधिराज सुवेदी, कृष्ण थापा, मुकुन्द आचार्य, एकलाल श्रेष्ठ, केशव खड्का, मोहनबहादुर के.सी, शान्ता मानवी, जगन्नाथ तिमिल्सिना, रामबहादुर भण्डारी, रेखा उपाध्याय, हरिहर खरेल र मिना शर्मा रहेको प्रकाशन समितिलाई यथावत राखेको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १४:३१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...