back
CTIZAN AD

हडतालले पठनपाठन प्रभावित

वि.सं.२०७५ असोज १६ मंगलवार

633 

shares

१६ असोज, काठमाडौँ । नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।

कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र आज दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । शिक्षक र कर्मचारीको पटक–पटकको आन्दोलनले विद्यार्थीको पढाइमा प्रभाब परेको छ । सरकारले विद्यालय कर्मचारीको तलब रु दुई हजारदेखि एघार हजारसम्म तोकेकेर विद्यालय कर्मचारीको भविष्यमा खेलबाड गरिएको भन्दै रिले अनसन शुरु गरिएको युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले बताए ।

युनियनले काठमाडौँमा यही असोज २ देखि ५ गतेसम्म आन्दोलन गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले कर्मचारीको तलब वृद्धि तथा कर्मचारीको भविष्य सुनिश्चित गर्नुपर्ने दुई बँुदे माग अघि सारेको बताए । त्यस्तै अस्थायी शिक्षकको पदपूर्ति नगरिएको भन्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले दुईदिन देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेकाले ८० प्रतिशत सामुदायिक विद्यालय बन्द रहेको अस्थायी शिक्षक सङ्घर्ष समितिका संयोजक वेद अधिकारीले जानकारी दिए ।

शिक्षक सङ्गठनले अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराइ अहिले भएकामध्ये ७५ प्रतिशतलाई उत्तीर्ण गराउनुपर्ने भनिएकामा शिक्षक सेवा आयोगले २५ प्रतिशतलाई मात्र उत्तीर्ण गराएको सङ्गठनका अध्यक्ष हेमनाथ चौलागाईंले जानकारी दिँदै आफ्ना माग पूरा नगरे थप सङ्घर्ष जारी राख्ने चेतावनी दिए ।

वि.सं.२०७५ असोज १६ मंगलवार १५:४५ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...