back
CTIZAN AD

स्थानीय निकायको बिकास साझेदार र समन्वय गर्न जनकपुरमा सम्मेलन

वि.सं.२०७५ असोज १६ मंगलवार

702 

shares

 

१६ असोज, जनकपुर । युनिर्भसल पीस फेडेरेशन नेपालले २ नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न जनकपुरमा मेयर कन्फेरेन्स सम्पन्न गरेको छ ।
२ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त सम्मेलनको उद्घाटन गर्दै शान्तिको अभियान आजको आबश्यकता भएको भन्दै यस्को शुरुवात परिवारबाट गनुपर्नेमा जोड दिए । जनकपुरमा ८ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिवार सहितको सहभागिता जनाएका थिए ।
पारिबारीक मिलन गराउने साथै पारिबारीक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको उल्लेख गदै मुख्यमन्त्री राउतले यस्ता पारिवारीक मूलय मान्यताका कार्यक्रमले स्थानीय तहको बिकासका सहयोग पुग्ने बताए ।

जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिना कुमारी मिश्रले स्थानीय निकायमा कानुन र बिकास एक अर्काका परिपुरक हुन भन्ने कुरामा हामी अन्यौलमा परेका बताईन् । सम्मेलनमा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे जानकारी गराईएको थियो ।

नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिनआ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले एकबद्धता जनाएका थिए ।

राजनीतिक बिश्लेषक लालबाबु प्रसाद यादवले संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र गरे । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरू अन्तर्राष्ट्रिय संगठन स्थापना गर्ने ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए । कार्यक्रममा संगठनका प्रदेश संयोजक पुरुषोतम कार्कीले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिए ।

सम्मेलनको सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश समेत सिराह नगरपालिकाकी उपप्रमुख डा. नमिता यादवले पढेर सुनाउनु भएको थियो । जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रमा प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद बबन सिह बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले बोलेका थिए ।

 

वि.सं.२०७५ असोज १६ मंगलवार १७:५४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...