back
CTIZAN AD

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

वि.सं.२०८२ फागुन २९ शुक्रवार

501 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ मा दोस्रो संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह र असुलीमा थप लचिलो बन्ने सुविधा दिएको छ । विशेषगरी उद्योगी र व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले कर्जाको अवधि र सीमा निर्धारणमा केही खुकुलो नीति अपनाएको हो ।

के केमा भयो संशोधन ?

‘स्थायी चालू पूँजी आवश्यकता’ का लागि दिइने आवधिक कर्जाको अवधि अब बैंक तथा वित्तीय संस्था आफैंले व्यवसायको प्रकृति र नगद प्रवाहका आधारमा तय गर्न सक्नेछन् । यसअघि यसको सीमा ३ देखि १० वर्ष तोकिएको थियो । त्यस्तै २०८२ असार मसान्तसम्ममा एक पटकका लागि स्थायी चालू पूँजी प्रकृतिको कर्जालाई नगद प्रवाह विश्लेषण गरी पुनरतालिकीकरण गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसलाई कर्जा नोक्सानी व्यवस्थामा कडाइ गरिने छैन ।

राष्ट्र बैंकले क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिनसम्म कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम हुनुपर्ने व्यवस्थालाई अझ सरलीकृत गरेको छ भने उद्योगको नगद प्रवाह र वित्तीय विवरण विश्लेषणका आधारमा कर्जाको आवश्यकता पहिचान गर्ने अधिकार बैंकहरूलाई दिइएको छ ।

चालू पूँजी कर्जा भनेको के हो ?

चालू पूँजी कर्जा भनेको कुनै पनि व्यापार वा उद्योगको दैनिक कामकाज चलाउनका लागि लिइने ऋण हो । यो ऋण जग्गा किन्न वा मेसिनरी जस्ता स्थिर सम्पत्ति जोड्नका लागि होइन, बरु कच्चा पदार्थ किन्न, कामदारलाई तलब दिन, सामान स्टक राख्न र दैनिक खर्च धान्नका लागि लिइन्छ ।
यो सामान्यतया अल्पकालीन हुन्छ । व्यापारबाट सामान बिक्री भएर पैसा आएपछि यो ऋण फिर्ता गरिन्छ ।
यदि कुनै कम्पनीसँग दैनिक काम चलाउने पैसा (नगद) छैन भने, उसको उत्पादन रोकिन सक्छ । यस्तो अवस्थामा चालू पूँजी कर्जाले व्यवसायलाई ‘अक्सिजन’ को काम गर्छ ।

राष्ट्र बैंकले किन नियम कडा पारेको थियो ?

धेरैजसो व्यवसायीले चालू पूँजी शीर्षकमा सस्तो ब्याजमा ऋण लिएर त्यसलाई घरजग्गा वा शेयर बजार जस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले यो व्यवस्था गरेको थियो । जसले गर्दा जुन कामको लागि ऋण लिएको हो, त्यही काममा मात्र पैसा प्रयोग होस् भन्ने सुनिश्चित गर्न खोजिएको थियो ।

वि.सं.२०८२ फागुन २९ शुक्रवार १७:३५ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...