back
CTIZAN AD

हिमाल आरोहण गरी फर्किदै गरेका चेक नागरिक बाटैबाट बेपत्ता

वि.सं.२०७५ असोज १८ बिहीवार

705 

shares

१८ असोज, गोरखा । मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् ।

यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन् । उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली भने पहिलो आधार शिविरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख विमल बस्नेतले जानकारी दिए ।

उनीहरु माउन्टट्रेक्सन नेपाल कम्पनीबाट हिमाल आरोहणका लागि गएका थिए । आधार शिविरमा नआएपछि उनका साथीहरुले चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँ प्रहरी चौकीमा साथी हराएका बारे खबर गरेका थिए ।

बेपत्ताको सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलीले आधार शिविर आसपासमा खोजी गरिरहेकोे बताइएको छ । आधार शिविरबाट प्रहरीचौकी सामागाउँ आइपुग्न करीब चार दिनको पैदल दूरी पर्ने भएकाले ढिलो गरी जानकारी आएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:२७ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...