
१८ असोज, काठमाडौँ । सुस्ताका अतिक्रमित भुमिमा भारतले पछिल्लो समय नेपाली आवत जावत गर्ने बाटो अवरुद्ध गरेपछि सुस्तावासी न्याय खोज्दै काठमाडौँ आएका छन् । भारतले खाल्डो खनेर बाटो अवरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जान कठिनाई उत्पन्न भएको छ ।
सर्वसाधारणलाई नियमति हाटबजार गर्न समस्या उत्पन्न भएको छ । नाायणी नदीमा पुल निर्माण नगर्दा सुस्तावासी भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । २५ महिलासहित राजधानी आएका ६० जना सुस्तावासी ९ दिनदेखी थापाथली स्थित कालमोचन घाटमा बसेर समस्या समधान गर्न माग गरिरहेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ असोज १८ बिहीवार ०८:१६ मा प्रकाशित