back
CTIZAN AD

संघीयताको मज्जा !

वि.सं.२०७५ असोज १८ बिहीवार

639 

shares

संघीयताको चर्को मज्जा बढ्न थालेको छ पाठकबृन्द । संघ प्रदेश र स्थानीय तहका वडा समेत गर्दा बिसौं हजार हात्ती पाल्नु परेको प्रतिक्रिया आइरहेका छन् ।

स्थानीयतहमा विलासी गाडी किनेर मस्ति गरेको समाचार कसैले छिपाउन नसक्ने गरी बढेका छन् । पछिल्लो दृष्टान्तका रुपमा बाँकेको डडुवा गाउँपालिका र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भएका बेथितिहरु बाहिर आएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका कार्यकारी अधिकृत वनारसी प्रसाद हरीजनले आफ्ना उपमेयरलाई स्कुटर, तेल र आवस्यक पर्दा गाडी भाडामा लिएर चढ्ने छुट दिएको बताएका छन् । बाँकेको डडुवाका प्रमुख नरेन्द्र चौधरीले त आफूलाई ६३ लाख ५० हजारको गाडी र वडाअध्यक्ष तथा कर्मचारी गरी १५ वटा मोटरसाइकल खरिद गरी उदार दिल देखाइदिएका छन् ।

कतिपय स्थानीयतहका पदाधिकारीले गाडि पनि किन्ने र छोरा, पति, व्वाइफ्रेन्ड वा नातागोतालाई ड्राइभर नियूक्ति गरी तलब दिएका छन् रे । संघीयता के का लागि भनेर घोत्लीने पाठकबृन्दलाई कर्केनजरले भन्छ, नियत त यो थिएन नी, होइन र पाठकबृन्द ?

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:३० मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...