back
CTIZAN AD

२ वटा घरका मालिक अति गरिब रे !

वि.सं.२०७५ असोज १८ बिहीवार

813 

shares

जनप्रतिनिधिलाई कति ठोकेको भन्नु होला पाठकबृन्द । असार पछिको साउन महिना भएर हो कि कुन्नी, यो २०७५ को साउन महिना भरी जनप्रतिनिधिकै चर्चा चल्यो ।
जनप्रतिनिधि गरिब नहुने भन्ने प्रश्नै हुँदैन । समाजवादमुखी दलहरुको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि त झन गरिब नहुने कुरा भयो र पाठकबृन्द, त्यसमाथि रुकुम जिल्लाका जनप्रतिनिधि परेछन कर्केनजरको नजरमा ।
रुकुमको चौरजहारी नगरपालिकाका वडा अध्यक्ष इन्दुलाल शर्मा अति गरिबको सूचीमा परेपछि नगरपालिकाका कर्मचारी नै झसंगै भएछन पाठकबृन्द । सूचीलाई कार्यान्वयनमा लाने कि नलाने उनीहरु यो समस्यामा परेछन् । नगरौ भने पावरफुल वडा अध्यक्ष, गरौं भने २ वटा पक्की घरका मालिक, घरमा २ जना शिक्षक पेसामा र १ जना अमिनमा सरकारी सेवामा भएका मान्छेलाई कसरी अति गरीब मान्ने ! निकै गा¥हो भयो रे कर्मचारीहरुलाई ।
आदरणीय पाठकबृन्द हुन त यो देशमा गरिब नेता, धनी, धनी भएका छन् । व्यापार गरेर कर तिरेर, उद्यम चलाएर होइन, पदमा पुगेर अरुलाई कज्याएर । तर, यी वडाअध्यक्ष भने पदमा पुगेर पनि गरिब हुन मनपराउँछन गाँठे ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:३२ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...