back

२ वटा घरका मालिक अति गरिब रे !

वि.सं.२०७५ असोज १८ बिहीवार

402 

shares
GLOBAL IME AD
NTC AD

जनप्रतिनिधिलाई कति ठोकेको भन्नु होला पाठकबृन्द । असार पछिको साउन महिना भएर हो कि कुन्नी, यो २०७५ को साउन महिना भरी जनप्रतिनिधिकै चर्चा चल्यो ।
जनप्रतिनिधि गरिब नहुने भन्ने प्रश्नै हुँदैन । समाजवादमुखी दलहरुको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि त झन गरिब नहुने कुरा भयो र पाठकबृन्द, त्यसमाथि रुकुम जिल्लाका जनप्रतिनिधि परेछन कर्केनजरको नजरमा ।
रुकुमको चौरजहारी नगरपालिकाका वडा अध्यक्ष इन्दुलाल शर्मा अति गरिबको सूचीमा परेपछि नगरपालिकाका कर्मचारी नै झसंगै भएछन पाठकबृन्द । सूचीलाई कार्यान्वयनमा लाने कि नलाने उनीहरु यो समस्यामा परेछन् । नगरौ भने पावरफुल वडा अध्यक्ष, गरौं भने २ वटा पक्की घरका मालिक, घरमा २ जना शिक्षक पेसामा र १ जना अमिनमा सरकारी सेवामा भएका मान्छेलाई कसरी अति गरीब मान्ने ! निकै गा¥हो भयो रे कर्मचारीहरुलाई ।
आदरणीय पाठकबृन्द हुन त यो देशमा गरिब नेता, धनी, धनी भएका छन् । व्यापार गरेर कर तिरेर, उद्यम चलाएर होइन, पदमा पुगेर अरुलाई कज्याएर । तर, यी वडाअध्यक्ष भने पदमा पुगेर पनि गरिब हुन मनपराउँछन गाँठे ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:३२ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...