back
CTIZAN AD

भाग लिने होइन त खुला फुटसल प्रतियोगितामा ?

वि.सं.२०७५ असोज १८ बिहीवार

591 

shares

१८ असोज, काठमाडौँ  । वीर गणेशमान दोस्रो स्मृति कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको छ, ।

प्रतियोगिताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा तरुण दल–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले शुक्रबारदेखि मनाङ फुटसल क्लब सामाखुशीमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतियोगिता असोज २३ गतेसम्म चल्ने तामाङले बताए । सम्मेलनमा तरुण दल २६ वडाका सचिव मनिष डङ्गोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए। उनले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए ।

खेलको प्रथम विजेतालाई रु दुई लाख, द्वितीयलाई रु एक लाख, तृतीयलाई रु ३० हजार र चौथोलाई रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहनेछ ।

वि.सं.२०७५ असोज १८ बिहीवार २०:१७ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...