back
CTIZAN AD

पूँजीगत खर्च कमजोर, लक्ष्यभन्दा बढी राजश्व

वि.सं.२०७५ असोज १८ बिहीवार

603 

shares

१८ असोज, काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ ।
यस आवको करीब तीन महिना सकिन एक साता बाँकी रहँदा तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत खर्च भएको पाइएको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले विकास निर्माणको कामलाई अगाडि बढाउन नसक्दा पूँजीगत खर्चको अवस्था कम हुन गएको हो । सरकारको चालू खर्चको मात्रा १०.९७ प्रतिशत रहेको छ । टेन्डर तथा ठेक्का प्रक्रिया अगाडि बढी रहेकाले पूँजीगत खर्चको अवस्था सोचेजस्तो हुन नसकेको बताइन्छ ।

यस्तै असोज १७ गते बुधबारसम्म सरकारले रु एक खर्ब ६३ अर्ब ३० करोड राजश्व उठाएको छ । बुधबारसम्म रु एक खर्ब ६१ अर्ब ५६ करोड ११ लाख राजश्व उठाउने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा १७.२७ प्रतिशत अर्थात् रु दुई अर्ब ७४ करोड ६२ हजार बढी राजश्व उठाएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही असोज १२ गते सबै मन्त्रालयका सचिवलाई संयुक्तरुपमा निर्देशन दिँदै पूँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वय बढाउन आग्रह गरेका थिए ।

बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउनुपर्ने, कार्यसम्पादनमा अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने, तहगत सरकारबीचको सहकार्य र अन्तरक्रियालाई थप सुदृढ गर्दै कार्य सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७५ असोज १८ बिहीवार १९:०४ मा प्रकाशित

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...