back
CTIZAN AD

सकियो माथिल्लो दोेर्दी ‘ए’ को सुरुङ निर्माण, ढुक्कसँग लगानी गर्न आग्रह

वि.सं.२०७५ असोज १८ बिहीवार

732 

shares

१८ असोज, काठमाडौँ । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।

निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए ।

अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे । दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो ।

अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दी खोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए । वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्याका कारण दोर्दी करिडोरमा निर्माणाधिन प्रशारण लाइनमा समस्या रहँदै आएको छ ।

गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले लमजुङ जलविद्युत्मा लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माणाधिन आयोजनालाई समन्वय गरी चाडोभन्दा चाडो सम्पन्न गर्न आग्रह गरे।

आयोजनामा बाँधस्थलदेखि दुई हजार ६२३ मिटर सुरुङ र दुई हजार ८५४ मिटर लामो ‘पेनस्टक पाइप’ निर्माण गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा नौ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वलगानी छ ।

आयोजनाको कूल भौतिक प्रगति ८० प्रतिशत भएको छ । आगामी पाँच महिनाभित्र बाँकी रहेको २० प्रतिशत कार्य सम्पन्न गर्ने प्रवद्र्धकले जनाएको छ । दोर्दी गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको सो आयोजनामा १२।५ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन रहनेछन् । आयोजनाको कूल लागत करीब रु चार अर्ब छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको छ ।

विसं २०७१ फागुनदेखि निर्माण शुरु गरिएको आयोजनामा भूकम्प र नेपाल–भारत सीमामा भएको अवरोधका कारण प्रभावित भएको थियो । सो कम्पनीका सञ्चालक राजेन्द्र बस्तीले आयोजनाको भौतिक प्रगति प्रभावकारी रहेको जानकारी दिँदै ‘हाइड्रो हव’का रुपमा परिचित दोर्दी करिडोरमा आयोजना निर्माणले गति लिएको दावी गरे ।

सो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँको कीर्तिपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ । सो करिडोरमा करीब २०० मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् ।

वि.सं.२०७५ असोज १८ बिहीवार २०:२९ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...