back

सकियो माथिल्लो दोेर्दी ‘ए’ को सुरुङ निर्माण, ढुक्कसँग लगानी गर्न आग्रह

वि.सं.२०७५ असोज १८ बिहीवार

387 

shares
GLOBAL IME AD
NTC AD

१८ असोज, काठमाडौँ । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।

निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए ।

अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे । दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो ।

अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दी खोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए । वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्याका कारण दोर्दी करिडोरमा निर्माणाधिन प्रशारण लाइनमा समस्या रहँदै आएको छ ।

गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले लमजुङ जलविद्युत्मा लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माणाधिन आयोजनालाई समन्वय गरी चाडोभन्दा चाडो सम्पन्न गर्न आग्रह गरे।

आयोजनामा बाँधस्थलदेखि दुई हजार ६२३ मिटर सुरुङ र दुई हजार ८५४ मिटर लामो ‘पेनस्टक पाइप’ निर्माण गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा नौ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वलगानी छ ।

आयोजनाको कूल भौतिक प्रगति ८० प्रतिशत भएको छ । आगामी पाँच महिनाभित्र बाँकी रहेको २० प्रतिशत कार्य सम्पन्न गर्ने प्रवद्र्धकले जनाएको छ । दोर्दी गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको सो आयोजनामा १२।५ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन रहनेछन् । आयोजनाको कूल लागत करीब रु चार अर्ब छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको छ ।

विसं २०७१ फागुनदेखि निर्माण शुरु गरिएको आयोजनामा भूकम्प र नेपाल–भारत सीमामा भएको अवरोधका कारण प्रभावित भएको थियो । सो कम्पनीका सञ्चालक राजेन्द्र बस्तीले आयोजनाको भौतिक प्रगति प्रभावकारी रहेको जानकारी दिँदै ‘हाइड्रो हव’का रुपमा परिचित दोर्दी करिडोरमा आयोजना निर्माणले गति लिएको दावी गरे ।

सो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँको कीर्तिपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ । सो करिडोरमा करीब २०० मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् ।

वि.सं.२०७५ असोज १८ बिहीवार २०:२९ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...