back

सन्तकुटीमा कृषि क्याम्पस सञ्चालन हुने

वि.सं.२०७५ असोज १८ बिहीवार

357 

shares
GLOBAL IME AD
NTC AD

१८ असोज, बाँके, नेपालगञ्ज। खजुरा गाउँपालिकाको सन्तकुटीमा कृषि क्याम्पस सञ्चालन हुने भएको छ ।
जनता नमूना माविको नौ बिघा जग्गामा कृषि क्याम्पस स्थापना गरिने भएको हो । प्रस्तावित खजुरा कृषि क्याम्पसले रामपुरस्थित कृषि विश्वविद्यालयबाट आङ्गिक क्याम्पसको सम्बन्धन प्राप्त गरिसकेको प्रदेशसभा सदस्य आइपी खरेलले जानकारी दिए ।

क्याम्पसका लागि बजेट पनि छुट्याइएकाले भौतिक पूर्वाधार निर्माण र पठनपाठन छिट्टै शुरु हुने उनले जानकारी दिए । प्रदेशसभा सदस्य खरेलको अध्यक्षतामा कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिसमेत गठन गरिएको छ । बिएस्सी एग्रिकल्चरको पढाइ तत्काल शुरु हुने र क्रमशः वनविज्ञानको समेत अध्ययनअध्यापन हुने बताइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र कृषि तालीम केन्द्र तथा कपास विकास समितिको केन्द्रीय कार्यालय रहेको खजुरामा लामो समयदेखि कृषि क्याम्पस स्थापनाका लागि पहल भइरहेको थियो ।

वि.सं.२०७५ असोज १८ बिहीवार २०:२३ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...