back
CTIZAN AD

अपी हिमाल आरोहण नगरी फर्कियो चेक गणतन्त्रको टोली

वि.सं.२०७५ असोज १९ शुक्रवार

585 

shares

१९ असोज, दार्चुला । अपी हिमाल आरोहण गर्न गएको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ ।

मौसम प्रतिकूल नहुनु तथा भौगोलिक जटिलताका कारण आरोहण नगरी पर्यटक टोली फर्किएको हो । सात हजार १३२ मिटर उचाइमा रहेको अपीको पाँच हजार ६०० मिटरको उचाइमा पुगेपछि भौगोलिक जटिलताले टोली फर्किएको पथप्रदर्शक कपुर तामाङले जानकारी दिए ।

आरोहणका लागि दक्षिण मार्गको प्रयोग गर्दै गएको टोलीले भौगोलिक जटिलताले आरोहण गर्न नसकेको जानकारी उनले दिए । यसअघि टोलीले अपी हिमालको उत्तरी बाटो भएर चढ्न जाने प्रयास गरे पनि बाटो नहुँदा व्यासको तम्बाकु क्षेत्रबाटै फर्किएको थियो । टोली काठमाडाँै फर्किएको पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले जानकारी दिनुभयो । गत भदौ २८ गते दार्चुला पुगेको विदेशी टोली तीन सातापछि फर्किएको हो । सो टोलीसँग नयाँ नक्शा नहुँदा पर्यटक अलमल परेको बताइएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:४२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...