१९ असोज, काठमाडौँ । मगर संस्कृति, उत्पत्ति र परम्पराका बारेमा लिखित ‘मगर जातिको इतिहास’ र ‘धौलागिरि क्षेत्रको अमूर्त लोकसंस्कृति’ नामक दुई पुस्तक सार्वजनिक गरिएको छ ।
डा मीन श्रीस मगर र प्रतिभा पुनद्वारा लिखित विहिबार सार्वजनिक गरिएको उक्त पुस्तक मगर संस्कृतिको प्रवद्र्धनमा कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।
डा मीन श्रीस मगरद्वारा लिखित पुस्तकमा प्रयोग गरिएका तस्वीरले इतिहासलाई प्रष्ट पार्न सघाउ पुग्ने विश्वास प्राज्ञ दिनेशराज पन्तको छ ।
त्यस्तै डा जगमान पुनले प्रतिभाद्वारा लिखित पुस्तक सानो भए पनि यसमा थुप्रै कुरा समेटेको उल्लेख गर्दै मगर जातीको पहिचान भनेकै तन्त्रमन्त्र रहेको बताए ।
कार्यक्रममा प्राज्ञ शशि शाहले नेपालभित्र विभिन्न जातजातिको बसोबास छ, उनीहरुबीचको एकता नै हाम्रो पहिचान हो भन्दै मातृभूमिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो बताए ।
वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:३७ मा प्रकाशित