back
CTIZAN AD

‘वर्षाैंदेखि अलपत्र डिप्लोमा इञ्जिनीयर्स काउन्सिलसम्बन्धी विधेयक छिट्टै आउने’

वि.सं.२०७५ असोज १९ शुक्रवार

645 

shares

१९ असोज, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्षाैंदेखि अलपत्र डिप्लोमा इञ्जिनीयर्स काउन्सिलसम्बन्धी विधेयक छिट्टै संसद्मा पेश गरिने बबताएका छन् ।

डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन (डीन)को आयोजनामा विहिबारदेखि शुरु भएको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले डिप्लोमा इञ्जिनीयरको थप व्यावसायिकता अभिवृद्धिका लागि काउन्सिल स्थापना गर्न लागेको बताए ।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै भने, “शिक्षा विकासको ‘की’ हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा ‘मास्टर की’ हो ।”

कार्यक्रममा डीनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले आगामी पाँच वर्षभित्र पाँच हजार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले लिएको लक्ष्यप्राप्तिका लागि नै सम्मेलन केन्द्रित हुने जानकारी दिएका थिए । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुत गरिने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यपत्र र त्यसमाथिको छलफलपछि सार्वजनिक गरिने काठमाडौँ घोषणापत्रले मुलुकको मानवीय स्रोतको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सिंहको जिकिर थियो ।

कार्यक्रममा कोलम्बो प्लान स्टाफ कलेज मनिलाका महानिर्देशक डा रामहरि लामिछाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष डा कुलबहादुर बस्नेतलगायतले प्राविधिक तथा व्यावसायिक शिक्षाको समयानुकूल विकास हुन सके मात्र मुलुकले लिएको समृद्धिको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका थिए ।

डीन, कोलम्बो प्लान स्टाफ कलेज र सिटिइभिटीको आयोजनामा शुरु भएको ‘इनोभेसन्स इन टिभिइटी फर सोसिओ इकोनोमिक डेभलपमेण्ट’ विषयको सम्मेलन दुई दिनसम्म चल्ने डीनका महासचिव जीवन घिमिरेले जानकारी दिदिए । कार्यक्रममा ३० हजारभन्दा बढी सदस्य रहेको डीनलाई कोलम्बो प्लान अफ स्टाफ कलेजको कार्यकारी समितिले मानार्थ सदस्यता प्रदान गरेको छ । सम्मेलनमा नेपालका सातै प्रदेशका ५०० प्रतिनिधि तथा भारत, चीन, बङ्गलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया, फिजीलगायत मुलुकका प्रतिनिधिको सहभागिता छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:२८ मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...