back

‘वर्षाैंदेखि अलपत्र डिप्लोमा इञ्जिनीयर्स काउन्सिलसम्बन्धी विधेयक छिट्टै आउने’

वि.सं.२०७५ असोज १९ शुक्रवार

315 

shares
GLOBAL IME AD
NTC AD

१९ असोज, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्षाैंदेखि अलपत्र डिप्लोमा इञ्जिनीयर्स काउन्सिलसम्बन्धी विधेयक छिट्टै संसद्मा पेश गरिने बबताएका छन् ।

डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन (डीन)को आयोजनामा विहिबारदेखि शुरु भएको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले डिप्लोमा इञ्जिनीयरको थप व्यावसायिकता अभिवृद्धिका लागि काउन्सिल स्थापना गर्न लागेको बताए ।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै भने, “शिक्षा विकासको ‘की’ हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा ‘मास्टर की’ हो ।”

कार्यक्रममा डीनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले आगामी पाँच वर्षभित्र पाँच हजार दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले लिएको लक्ष्यप्राप्तिका लागि नै सम्मेलन केन्द्रित हुने जानकारी दिएका थिए । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुत गरिने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यपत्र र त्यसमाथिको छलफलपछि सार्वजनिक गरिने काठमाडौँ घोषणापत्रले मुलुकको मानवीय स्रोतको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सिंहको जिकिर थियो ।

कार्यक्रममा कोलम्बो प्लान स्टाफ कलेज मनिलाका महानिर्देशक डा रामहरि लामिछाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष डा कुलबहादुर बस्नेतलगायतले प्राविधिक तथा व्यावसायिक शिक्षाको समयानुकूल विकास हुन सके मात्र मुलुकले लिएको समृद्धिको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका थिए ।

डीन, कोलम्बो प्लान स्टाफ कलेज र सिटिइभिटीको आयोजनामा शुरु भएको ‘इनोभेसन्स इन टिभिइटी फर सोसिओ इकोनोमिक डेभलपमेण्ट’ विषयको सम्मेलन दुई दिनसम्म चल्ने डीनका महासचिव जीवन घिमिरेले जानकारी दिदिए । कार्यक्रममा ३० हजारभन्दा बढी सदस्य रहेको डीनलाई कोलम्बो प्लान अफ स्टाफ कलेजको कार्यकारी समितिले मानार्थ सदस्यता प्रदान गरेको छ । सम्मेलनमा नेपालका सातै प्रदेशका ५०० प्रतिनिधि तथा भारत, चीन, बङ्गलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया, फिजीलगायत मुलुकका प्रतिनिधिको सहभागिता छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:२८ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...