back
CTIZAN AD

कर्मचारीले ‘ म भ्रष्टाचार गर्दिन’ भनेर दिनहुँ कसम खानुपर्ने

वि.सं.२०७५ असोज १९ शुक्रवार

642 

shares

१९ असोज, काठमाडौं । नेपाल सरकारका कर्मचारीले अब कार्यालयमा काम सुरुगर्नु भन्दा पहिले ‘म भ्रष्टाचार गर्दिन्, ‘म भ्रष्टाचार हुन दिन्न म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा गरेर मात्र काम सुरु गर्नुपर्ने भएको छ ।

असोज १६ का दिन गरिएको नेपाल सरकार मुख्य सचिवस्तरीय निर्णयले ‘म भ्रष्टाचार हुन दिन्न म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शब्द लेखेर कार्यालयको देखिने स्थानमा टाँस्ने व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।

‘नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको व्यहोरा स्मरण गराउँदै शुसासन र सदाचारको प्रवद्र्धन गर्न कामप्रति इमान्दार भई प्रत्येक राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक दिन कार्य प्रारम्भ हुनु अघि ‘म भ्रष्टाचार हुन दिन्न म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा गरेर कार्य प्रारम्भ गराउनपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा सबै मन्त्रालय, आयोग र सचिवालयलाई उक्त निर्देशन कार्यान्वयन गर्न भन्दै पत्र जारी गरिएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:०८ मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...