back
CTIZAN AD

न्यूइंग्ल्याण्ड च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७५ असोज १९ शुक्रवार

531 

shares

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यूइंग्ल्याण्ड च्याप्टरको आयोजनामा २९ सेप्टेम्बरका दिन न्यूहेम्प्शायर राज्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय इन्स्च्यिुट अफ प्रोफेसनल प्राक्टिसको कार्यालय स्ट्राथाममा सम्पन्न भएको उक्त रक्तदानमा रक्तदाताहरुको उल्लेख्य सहभागी भएता पनि रक्तदान गर्न योग्य ३८ जनाले रक्तदान गरेका थिए ।
हरेक वर्ष किरात राईहरुको महान चाड साकेलाको उपलक्ष्यमा गरिने रक्तदान यो वर्ष अमेरिकी रेडक्रसको व्यस्तताको कारण अन्तर्राष्ट्रिय मुटु दिवस ध्यचमि ज्भबचत म्बथ को अबसर पारेर गरिएको हो ।
स्थानीय अमेरिकी नागरिकहरुसंगै बिभिन्न नेपाली संघ सस्थाका व्यक्तित्वहरुको सहभागीता रहेको उक्त रक्तदानमा गैरआवाशीय नेपाली संघ,न्यूहेम्प्शायर नेपाली समाज, न्यूहेम्प्शायर गुरुङ समाज, नेपाल आदिवासी जनजाती महासंघ हेम्प्शायर च्याप्टर, बुद्ध समाज हेम्प्शायर च्याप्टर, अन्तर्राष्ट्रिय साहित्य समाज न्यूहेम्प्शायर च्याप्टर, नेपाली जनसम्पर्क समिति न्यू हेम्प्शायर च्याप्टर, नेपाली संघीय समाज न्यूहेम्प्शायर च्याप्टर, नेपाली प्रवासी मंच हेम्प्शायर च्याप्टर लगायतको सहभागीता रहेको थियो ।


न्यूहेम्प्शयारको सी कोस्ट, कंकार्ड, हुक्सेट, म्यान चेस्टर, नास्वा लगायत अमेरिकाको बिभिन्न राज्यहरु म्यासाचुसेट्स बोस्टन, न्यूयोर्कबाट समेत रक्तदाताहरु आएका थिए । अर्गनाइजेसनका न्यूइंग्ल्याण्ड सभापति मुक्ति नारायण राईले सहभागी सबैलाई धन्यवाद दिदैं यस्तो मानवीय कार्यमा अझ आगामी दिनहरुमा सामुहिक रुपमा लाग्न सकियोस् भन्दै अनुरोध गरेका थिए ।


राईले आफू सम्वद्द अर्गनाइजेशनलाई अमेरिकी समाजमा पनी परिचित गराउदै लाने अभियान अन्तर्गत साकेलाका अवसरमा हरेक वर्ष रक्तदान गरिदैं आएको बताउँदै उक्त अवसरमा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी रेडक्रसलाई आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा अर्गनाइजेसनका सदस्यहरुको तर्फबाट मम, पिज्जा, फलफूल, चिया, कफी उपलब्ध गराई एको थियो ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ११:३८ मा प्रकाशित