
२१ असोज, काठमाडौँ । काठमाडौं । नेपालको लागी आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले मेघा एक्सचेन्ज क्याप संचालन मा ल्याउने भएको छ ।
बिजया दशमी तथा दीपावली लाइ मध्येनजर गरी यही असोज २१ गतेबाट असोज २७ सम्म नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा मेघा एक्सचेन्ज क्याम्प संचालन गर्ने भएको हो ।
यो क्याम्प मा कुनैपनी कम्पनी का पुराना बाइक तथा स्कूटरसंग नयाँ सुजुकी का बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटर को बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालूएसन कम्पनिले ग्राहक लाइ प्रदान गर्नेछ ।
सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यास मा बाइक तथा स्कूटर खरीद गर्न सकिनेछ । सुजुकी मेघा एक्सचेन्ज क्याम्पले दशैं को समयमा पुराना बाइक तथा स्कूटर चढ्ने ग्राहकको लामो दुरी यात्रालाई मध्यनजर गरेर थप १५ हजार भ्यालुएसन गरेको सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।
भीजीसुजुकी का सेल्स हेड सन्तोष थापाले सुजुकी मेघा एक्चेन्ज क्याम्पमा बिजया दशमी तथा दीपावली लाइ लक्षित गर्दै हाम्रो स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा आठ हजार र स्कूटर मा १० हजार छुट साथै १० जना लाइ बम्परमा उपहार स्वरुप जापान भ्रमण गराउने बताए ।
वि.सं.२०७५ असोज २१ आइतवार ०९:११ मा प्रकाशित