२१ असोज, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आईतबार अप्रान्ह बस्दै छ । शीर्ष नेताहरुबीच विवाद चर्किरहेको बेला नेकपाले सचिवालय बैठक बोलाएको हो । बैठक अप्रान्ह ४ बजे केन्द्रिय पार्टी कार्यलय धुम्बाराहीमा बस्ने तय भएको हो ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेका छन् । वरिष्ठ नेता नेपालले यस अघि आफू निकट नेताहरुलाई भेला पारेर सरकार तथा पार्टीको कामकारबाही प्रति असन्तुष्टि व्यक्त गरिसकेका छन् । आजको बैठकमा पार्टीको तल्लो तहको एकता तथा सरकारको कामकारबाहीको बारेमा छलफल हुने नेकपा सचिवालयले जनाएको छ ।
वि.सं.२०७५ असोज २१ आइतवार ०९:३४ मा प्रकाशित