२१ असोज, काठमाडौँ । नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले शनिबार देखि लुक्ला उडान सुरु भएको जानकारी दिए ।
निगम सँग भएको दुईवटा १७ सीटे वाइ १२९ इ जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर ९कल साइन ९ एन(एबीयु) जहाजले एउटा उडान गर्ने उनले जानकारी दिए । ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको छ । । चिनियाँ जहाजबाट एउटा सेडुल फ्लाइट र दुईवटा चार्टर फ्लाइट गर्ने निगमले जनाएको छ
नेपालीका लागि एकतर्फी उडान पाँच हजार एक सय पाँच रुपैयाँ रहेको र विदेशीको लागि एकतर्फी उडान शुल्क एक सय ५१ डलर रहेकानिगमले जनाएको छ । वाइ १२९इ ले गत साता मंगलबार र बुधबार सफल परीक्षण उडान गरेको थियो। निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विवरण पेश गरिसकेपछि प्राधिकरणले बिहीबार उडान अनुमति पत्र पठाएको थियो ।
निगमले गत मंगलबार लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा सफल परिक्षण उडान गरेको थियो भने बुधबार हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा लगायत चारवटा विमानस्थलमा सफल उडान गरेको थियो।
वि.सं.२०७५ असोज २१ आइतवार ०९:४२ मा प्रकाशित