back
CTIZAN AD

निक्षेप संकलनमा आक्रामक बन्दै एनआईसी एशिया ,  ७५ दिनमै १४ अर्ब निक्षेप संकलन

वि.सं.२०७५ असोज २१ आइतवार

627 

shares

२१ असोज, काठमाडौँ । एनआईसी एशिया बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।

बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । यो वृद्धिसँगै बैंक निक्षेप परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठुलो कायमै छ । गत आर्थिक बर्षको अन्तिममा समेत सो बैंक सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक बनेको थियो ।

यस्तै, बैंकको कर्जा लगानीमा पनि विस्तार भई १ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए ।

बैंकको वासलातको आकार पनि बढेर २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । ग्राहक संख्या १२ लाख १९ हजार पुगेको बैंकले जनाएको छ ।
बैंकको मुलुकभर २५६ शाखा कार्यालय, २४९ एटीएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उनको दावी छ ।

हालसम्मग्राहकको बढेर १२ लाख १९ हजार रहेको छ । १५ महिनाको अवधिमा बैंकले झण्डै ८० अर्ब रुपैयाँ निक्षेप परिचालन बढाएको छ । आक्रामक रुपमा बजारमा विस्तारमा गएपछि बैंकको निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको हो ।

वि.सं.२०७५ असोज २१ आइतवार ०९:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...