back

निक्षेप संकलनमा आक्रामक बन्दै एनआईसी एशिया ,  ७५ दिनमै १४ अर्ब निक्षेप संकलन

वि.सं.२०७५ असोज २१ आइतवार

300 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, काठमाडौँ । एनआईसी एशिया बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।

बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । यो वृद्धिसँगै बैंक निक्षेप परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठुलो कायमै छ । गत आर्थिक बर्षको अन्तिममा समेत सो बैंक सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक बनेको थियो ।

यस्तै, बैंकको कर्जा लगानीमा पनि विस्तार भई १ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए ।

बैंकको वासलातको आकार पनि बढेर २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । ग्राहक संख्या १२ लाख १९ हजार पुगेको बैंकले जनाएको छ ।
बैंकको मुलुकभर २५६ शाखा कार्यालय, २४९ एटीएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उनको दावी छ ।

हालसम्मग्राहकको बढेर १२ लाख १९ हजार रहेको छ । १५ महिनाको अवधिमा बैंकले झण्डै ८० अर्ब रुपैयाँ निक्षेप परिचालन बढाएको छ । आक्रामक रुपमा बजारमा विस्तारमा गएपछि बैंकको निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको हो ।

वि.सं.२०७५ असोज २१ आइतवार ०९:५४ मा प्रकाशित

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।...

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१...