back
CTIZAN AD

आईसीसी टी– ट्वान्टी एशिया छनोट: नेपालले थाईल्यान्डको सामना गर्दै

वि.सं.२०७५ असोज २१ आइतवार

597 

shares

२१ असोज, काठमाडौँ । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दै छ ।
अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग आइतबार खेल्न लागेको हो । यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो भने त्यसअघि पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटले नै हराएको थियो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार १२ः१५ बजे सुरू हुनेछ । थाइल्याण्डसँग नेपालको आजको भेट पहिलो हो । जारी प्रतियोगितामा ३ खेलबाट ५ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट समान ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ।

नेपालले यसपछि मंगलबार भुटानसँग, बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्। एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

वि.सं.२०७५ असोज २१ आइतवार १०:१४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...