back

आईसीसी टी– ट्वान्टी एशिया छनोट: नेपालले थाईल्यान्डको सामना गर्दै

वि.सं.२०७५ असोज २१ आइतवार

300 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, काठमाडौँ । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दै छ ।
अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग आइतबार खेल्न लागेको हो । यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो भने त्यसअघि पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटले नै हराएको थियो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार १२ः१५ बजे सुरू हुनेछ । थाइल्याण्डसँग नेपालको आजको भेट पहिलो हो । जारी प्रतियोगितामा ३ खेलबाट ५ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । २ खेलबाट समान ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ।

नेपालले यसपछि मंगलबार भुटानसँग, बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्। एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

वि.सं.२०७५ असोज २१ आइतवार १०:१४ मा प्रकाशित

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौं...