back
CTIZAN AD

विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

वि.सं.२०७५ असोज २१ आइतवार

654 

shares

२१ असोज, बागलुङ । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन ।

अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी, मुकेश राजभण्डारी, राजेन्द्र आचार्यलगायतले गरेका छन । अभियानमा देश विदेशमा रहेका पूर्वविद्यार्थीबाट सहयोग आउने क्रम शुरु भएको छ । हालसम्म रु दुई लाख सङ्कलन भएको पूर्वविद्यार्थी मुकेश राजभण्डारीले जानकारी दिए । विसं १९९७ मा खुलेको विद्यामन्दिर मावि जिल्लाकै जेठो विद्यालय हो । मावि तहसम्म पढाइ हुने यस विद्यालयमा १४०० विद्यार्थी अध्ययनरत छन ।

शुरुमा पूर्वविद्यार्थी निर्देश राजभण्डारीले आफ्नो जन्मदिनको अवसरमा रु २५ हजार प्रदान गरेको थियो । “आफूले पढेको विद्यालयमा केही गर्ने सोच आएपछि बालकक्षा सुधारमा लाग्यौँ”, राजभण्डारीले भने । सानो प्रयास र लगानीमा पनि व्यवस्थापकीय सुधारको काम गर्न सकिने विश्वास पूर्वविद्यार्थीमा छ ।

भौतिक सुधारदेखि बालबालिकाको पोशाक, शैक्षिक सामग्रीमा यो वर्ष रु छ लाखको योजना अघि बढेको छ । विद्यालय आउने बानी पार्न र सिकाइ बढाउन बालबालिकालाई निःशुल्क खाजासमेत व्यवस्था गरिएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यसै साता बालबालिकालाई खाजा वितरण गरेको थियो ।

पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले खाजा व्यवस्थापनमा दुई वर्षसम्म मासिक रु एक हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पूर्वविद्यार्थीको पहलमा बालकक्षा सुधारको काम अघि बढ्नु सह्रानीय रहेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए ।

५० बाललबालिका अट्ने गरी कक्षा कोठा व्यवस्थापन गरिएको छ । सिकाइको गुणस्तर बढाएर थप बालबालिका आकर्षित गर्ने र उनीहरूलाई टिकाइराख्ने विद्यालयको योजना छ । पूर्वविद्यार्थीकै पहलमा निःशुल्क खाजासँगै पोशाक, शैक्षिक सामग्री र शिक्षक व्यवस्थापनको काम पनि अघि बढेको छ ।

बालकक्षामा प्रायः गरीब र विपन्न वर्गका बालबच्चाले पढ्ने हुँदा सहयोगको खाँचो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासकुमार राजभण्डारीले बताए । “सामुदायिक विद्यालयको बालबालिकाले पनि गुणस्तरीय शिक्षाको अवसर पाउन भनेर अभियान थालेका हौँ”, उनले भने । बाल विकास केन्द्रमा अहिले २८ बालबालिका छन । तीमध्ये अधिकांश किसान, मजदुर र न्यून आय भएका परिवारबाट आएका हुन ।

वि.सं.२०७५ असोज २१ आइतवार ११:४४ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...