back
CTIZAN AD

गाजा क्षेत्रमा तीनको मृत्यु, ३७६ जना घाइते

वि.सं.२०७५ असोज २१ आइतवार

660 

shares

२१ असोज, गाजा । प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन ।

मृत्यु भएका तीनै जना प्यालेस्टाइनी नागरिक हुन भने प्रदर्शनमा हजारौँ प्यालेस्टाइनी प्रदशर्नकारी सहभागी भएका थिए ।

इजरायलसँगको सीमा क्षेत्रमा पर्ने पूर्वी गाजामा प्यालेस्टाइनीले प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा जनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले तीन जना प्यालेस्टाइनीको मृत्यु भएको र तीमध्ये एक जना बच्चा पनि रहेको पुष्टि गरे ।

उनीहरुको गाजा सहरमा इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी मृत्यु भएको अधिकारीले जनाएका छन ।

घाइतेमध्ये १९२ जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये १२६ जनालाई इजरायली सुरक्षाकर्मीको गोली लागेको उनले जानकारी दिए ।

घाइतेमध्ये दुइजना स्वास्थ्यकर्मी, दुइजना पत्रकार पनि रहेका छन । उनीहरुमध्ये केही महिला पनि रहेका छन ।

वि.सं.२०७५ असोज २१ आइतवार ११:५१ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...