back
CTIZAN AD

ट्रम्प–किम सम्मेलनमा हुनेमा वासिङ्टन आशावादी : पोम्पेओ

वि.सं.२०७५ असोज २१ आइतवार

582 

shares

२१ असोज, टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प–किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेको छ । जापानबाट उनी प्योङयाङ जाने कार्यक्रम रहेको छ । अमेरिकी विदेश मन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।
टोकियो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पेओले भने, आफ्नो एसिया भ्रमण लामो समयदेखि उत्तर कोरियासँग रहँदै आएको शत्रुतापूर्ण सम्बन्धलाई शान्तितर्फ अग्रसर गर्दै अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउनु रहनेछ ।

त्यसपछि हामी अर्को शिखर सम्मेलनको व्यवस्था गर्न गइरहेका छौँ, उनले भने ।
उनले भने, “मेरो भ्रमण आगामी शिखर सम्मेलनको तयारी, स्थान र समय तय गर्नका लागि महत्वपूर्ण हुनेछ ।” “मलाई लाग्छ छलफल पहिलेभन्दा अगाडी बढ्नेछ ।”
ट्रम्प र किमबीच गत जुनमा भेटवार्ता भएको थियो । यसअघि कुनैपनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गरेका थिएनन । मानव अधिकारवादी समूहहरूको नजरमा उत्तर कोरिया विश्वकै सबैभन्दा बढी मानवअधिकारको उल्लङ्घन गर्ने मुलुक हो ।

पोम्पेओले शनिबारै टाकियोमा प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गरेको छ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो ।

जापानले प्योङयाङ नेतृत्वलाई कडा दवाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । जापानी प्रधानमन्त्री आवेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताएको बुझिएको छ ।

पोम्पेओ टोकियोबाट प्योङयाङ जानेछ र त्यसपछि दुवै देशको राय लिएर दक्षिण कोरिया जाने कार्यक्रम रहेको छ ।
दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्वाले हालै वासिङ्टन पोष्टलाई दिएको अन्तवार्तामा अमेरिका र उत्तर कोरियाको आगामी वार्ता के बिषयमा केन्द्रित हुनेछ भन्ने सङ्केत गरेएको छ ।

उनले उत्तर कोरियाले आफ्नो प्रसिद्ध आणविकस्थल योङवायोनलाई नष्ट गर्न त तयार हुनेछ तर यसका लागि अमेरिकाले सन १९५० देखि सन १९५३ सम्म कोरियाली प्रायद्वीपमा चलेको युद्धको औपचारिक अन्त्य भएको घोषणा गर्नुपर्नेछ । उक्त युद्धको अन्त्य शान्ति सम्झौतामार्फत नभई युद्धविराम गर्ने सहमतिबाट अन्त्य भएको थियो तर पटक पटक युद्धविराम भङ्ग हुँदा दुई कोरियाबीच तनाव उत्पन्न हुने गरेको छ ।

पोम्पेओले वार्ताको खाकाबारे नबताइकन भने, “हामी दुई पक्षबीच के गर्न खोजिएको छ सबैलाई जानकारी छ ।”
पोम्पेओ सिओलबाट सोमबार चीनका लागि प्रस्थान गर्नेछ । चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ ।

तर पोम्पेओको बेइजिङ बसाई भने सहज नहुने देखिएको छ । केही दिन पहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यवसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण चीन अमेरिकासँग खुसी छैन ।

वि.सं.२०७५ असोज २१ आइतवार १२:०३ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...