back
CTIZAN AD

पेरूका ४३ प्रतिशत बालबालिकामा कुपोषण समस्या

वि.सं.२०७५ असोज २१ आइतवार

591 

shares

२१ असोज, लिमा । लयाटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ ।

तीन बर्ष मूनिका हरेक पाँच बालबालिकामध्ये दुई जनामा कुपोषणको समस्या रहेको सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार ४३.६ प्रतिशत बालबालिकामा कमसल खानाका कारण कुपोषण हुने र जसका कारण रक्तअल्पता (एनेमिया)को समस्या रहेको पेरुको तथ्याङ्कमामिला हेर्ने निकायले जनाएको छ ।

सर्भेक्षण अनुसार यहाँका ३० प्रतिशत गर्भवती महिलामा रक्त अल्पताको समस्या रहेको छ । यसको कारक तत्व भनेको उक्त अवस्थामा माछा मासुको आहारको आवश्यक परिपूर्ति नभएका कारण रगतमा आइरनको तत्वको कमी भएको अध्ययनले देखाएको छ ।

पछिल्लो एक दशक यता पेरुको आर्थिक वृद्धिदर उच्च रहेको भएपनि खाद्यान्नका कारण कुपोषणको समस्याको दर सन २०११ पछि निरन्तर रहेको बताइएको छ ।

यसैबीच सरकारद्वारा एनेमियाको कमीलाई घटाउने अभियानस्वरूप राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार शुरु भएको अभियानको उद्घाटन गर्दै पेरुका राष्ट्रपति मार्टिन भिजकाराले एनेमियाको समस्यालाई न्युनिकरण गर्नु सरकार र पूरै पेरूबासीको प्राथमिकता भएको बताए ।

बालबालिकाको कुपोषणको समस्यालाई आगामी तीन बर्षमा १९ प्रतिशतमा झार्ने लक्ष्य भएको राष्ट्रपतिले सम्बोधनमा बताए । उनले अभियानले हरेक पेरूबासीले सघाउने विश्वास पनि व्यक्त गरे ।

खाद्यान्न परिकार तथा पूरातात्विक चमत्कारका कारण हरेक बर्ष ४५ लाख विदेशी पर्यटकलाई भित्राउने पेरुमा कुपोषणको समस्या हुनु विडम्वनाको कुरा भएको छ ।

विश्वकै ५० उत्कृष्ट रेष्टुरेण्टको सूचिमा पेरुको लिमामा रहेका दुई रेष्टुरेण्ट एल सेन्ट्रल र एल माइडो उत्कृष्ट दशभित्र परेका भएपनि यहाँका जनतामा कुपोषणको समस्या देखिएको सर्भेक्षणले देखाएको छ ।

वि.सं.२०७५ असोज २१ आइतवार १२:१२ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...