back

पेरूका ४३ प्रतिशत बालबालिकामा कुपोषण समस्या

वि.सं.२०७५ असोज २१ आइतवार

297 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, लिमा । लयाटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ ।

तीन बर्ष मूनिका हरेक पाँच बालबालिकामध्ये दुई जनामा कुपोषणको समस्या रहेको सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार ४३.६ प्रतिशत बालबालिकामा कमसल खानाका कारण कुपोषण हुने र जसका कारण रक्तअल्पता (एनेमिया)को समस्या रहेको पेरुको तथ्याङ्कमामिला हेर्ने निकायले जनाएको छ ।

सर्भेक्षण अनुसार यहाँका ३० प्रतिशत गर्भवती महिलामा रक्त अल्पताको समस्या रहेको छ । यसको कारक तत्व भनेको उक्त अवस्थामा माछा मासुको आहारको आवश्यक परिपूर्ति नभएका कारण रगतमा आइरनको तत्वको कमी भएको अध्ययनले देखाएको छ ।

पछिल्लो एक दशक यता पेरुको आर्थिक वृद्धिदर उच्च रहेको भएपनि खाद्यान्नका कारण कुपोषणको समस्याको दर सन २०११ पछि निरन्तर रहेको बताइएको छ ।

यसैबीच सरकारद्वारा एनेमियाको कमीलाई घटाउने अभियानस्वरूप राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार शुरु भएको अभियानको उद्घाटन गर्दै पेरुका राष्ट्रपति मार्टिन भिजकाराले एनेमियाको समस्यालाई न्युनिकरण गर्नु सरकार र पूरै पेरूबासीको प्राथमिकता भएको बताए ।

बालबालिकाको कुपोषणको समस्यालाई आगामी तीन बर्षमा १९ प्रतिशतमा झार्ने लक्ष्य भएको राष्ट्रपतिले सम्बोधनमा बताए । उनले अभियानले हरेक पेरूबासीले सघाउने विश्वास पनि व्यक्त गरे ।

खाद्यान्न परिकार तथा पूरातात्विक चमत्कारका कारण हरेक बर्ष ४५ लाख विदेशी पर्यटकलाई भित्राउने पेरुमा कुपोषणको समस्या हुनु विडम्वनाको कुरा भएको छ ।

विश्वकै ५० उत्कृष्ट रेष्टुरेण्टको सूचिमा पेरुको लिमामा रहेका दुई रेष्टुरेण्ट एल सेन्ट्रल र एल माइडो उत्कृष्ट दशभित्र परेका भएपनि यहाँका जनतामा कुपोषणको समस्या देखिएको सर्भेक्षणले देखाएको छ ।

वि.सं.२०७५ असोज २१ आइतवार १२:१२ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...